एनआरएनए मतदाता नामावलीप्रति प्रमुख संरक्षक घलेले जनाए आपत्ति

काठमाडौं- गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको प्रयोजनका लागि विधान विपरीतका मतदाता राखी मतदाता नामावली प्रकाशित गरिएको भन्दै संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले अवैधानिक मतदातालाई सूचीबाट हटाउन माग गरेका छन् । संघका प्रमुख निर्वाचन अधिकृतलाई आइतबार एक पत्र लेख्दै प्रमुख संरक्षक घलेले विधानविपरीत चयन भएका १ हजार बढी मतदातालाई सूचीबाट नहटाएसम्म निर्वाचन प्रकृया अगाडि नबढाउन समितिलाई आग्रह गरेका छन् । घले संघले हालै गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत हुन् ।
प्रतिनिधि सूचीको विषयमा विवाद भएपछि संघको महाधिवेशन अन्यौलमा पर्दै आएको थियो । उच्चस्तरीय समितिका सदस्य समेत रहेका अध्यक्ष कुमार पन्तले एक पक्षीय रुपमा विवादित मतदाता सूची निर्वाचन समितिलाई पठाए पछि विवाद चर्किएको दाबी अर्को पक्षको छ । उच्चस्तरीय समितिद्वारा संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित समितिले कुल ३ हजार ६ सय मतदातामध्ये करिब १ हजार मतदाता तोकिएको मितिभन्दा पछि थपिएको निचोड निकालेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...