अस्ट्रेलियाका क्रिकेटर शेन वार्नको निधन

काठमाडौं- अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व बलर शेन वार्नको मृत्यु भएको छ । अस्ट्रेलियन टोलीका पूर्व लेग स्पिनर ५२ वर्षीय वार्नको शुक्रबार ‘शंकास्पद ह्रदयघात’ का कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पुष्टि गरेका छन् ।
वार्नले सन् १९९२ मा भारतविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । त्यस्तै, उनले सन् १९९३ मा भएको न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । वार्न लेग स्पिनमा उत्कृष्ट ‘टर्न’ का लागि विश्वभर प्रख्यात थिए ।
सन् १९६९ को सेप्टेम्बर १३ मा जन्मिएका वार्नले एक सय ४५ टेस्ट र एक सय ९४ एकदिवसीय गरी अस्ट्रेलियाबाट तीन सय ३९ खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटका दुई सय ७३ इनिङ्समा सात सय आठ विकेट लिएका छन् । यस्तै उनले एक सय ९१ एकदिवसीय इनिङ्समा दुई सय ९३ विकेट लिएका छन् । वार्नले टेस्ट र एकदिवसीयमा अस्ट्रेलियाबाट चार हजार एक सय ७२ रन बनाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...