जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

जुम्ला- चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महत) ले जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरेकी छिन् । ‘जनतासँग नगर उपप्रमुख’ कार्यक्रम अन्तर्गत २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएकाे हाे । शुद्ध खानेपानीका लागि ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारीसमेत लिएकी छिन् । जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । कारागारका कैदी खड्कजीत रोकायाले खेलकुद सामग्रीले निकै राहत भएको बताए ।