काउलेपानीमा लालीगुराँस प्याकेज

लमजुङ- लमजुङको बेसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देववहादुर गुरुङले विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु भएको हो । वनमा लालीगुरास लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँस भएकोले उक्त प्याकेजलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ । काउलेपानीमा नेपालका सबै जिल्लाका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्ता समेत आउँछन् । विशेष गरेर स्कुल, कलेजका विद्यार्थी धेरै आउने गरेको उनले बताए । सन् २०११ मा काउलेपानीमा घरबास कार्यक्रम सुरु गरिएको हो । २५ घरधुरी रहेको काउलेपानीमा १५ घरमा होमस्टे सञ्चालन भएको छ । जसमा ८४ बेड छ ।
समुन्द्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । शाहबंसिय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देबीको मन्दिर, कोट, किल्ला, गढी प्रत्यक्ष रुपमा अवलोकन गर्न पनि काउलेपानी जानुपर्ने हुन्छ ।काउलेपानीमा विशेष गरी गाउँमै उत्पादित अर्गानिक खानालाई जोड दिइएको छ । लमजुङ सदरमुकाम बेसीशहरबाट नजिकै रहेको काउलेपानी जाने पर्यटकका लागी प्याकेजको व्यवस्था गरिएको छ ।
काउलेपानीमा १२ महिने पर्यटकहरुको मन लोभ्याउने प्रशस्तै रमणियस्थल अनि मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काउलेपानीमा चैत्र र बैशाखमा काफल र ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाई प्याकेज र साउनमा कोदो रोपाई प्याकेज रहेका छन् । यसैगरी भदौ महिनामा नेवार समुदायको जात्रा प्याकेज, असोजमा रोटेपिङ प्याकेज, कात्तिकमा कटुस प्याकेज, मसिरमा दाँइ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । लमजुङको सदरमुकाम वेसीशहरबाट मोटरमा करिव ८ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी पैदलयात्राबाट डेढ घण्टामा पुग्न सकिन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



