नेपालमा संक्रमण दर घटेसंगै शून्यमा झर्दैछ मृत्युदर

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी १२ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको छ ।

पीसीआर र एन्टिजेन गरेर चार हजार ६१ जनाको परीक्षण गर्दा कुल ३७ जनामा सङ्क्रमण देखिएको छ । २४ घण्टामा ३८२ जना संक्रमणमुक्त भएका छन् । विगत केही दिनयता कोरोनाले मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । अहिले देशभर ३२ सय ४१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।