एमाले केन्द्रीय कमिटी बैठकले पारित गर्यो ११ कार्यसूची

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बिहीबार दिउँसो सम्पन्न भएको छ । बैठकमा ११ वटा कार्यसूची सर्वसम्मत पारित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । एमाले केनद्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि सुझाव संकलन गरिएको र आसन्न स्थानीय निर्वाचनमा अत्यधिक बहुमतसहित पहिलो शक्ति बन्ने निष्कर्श निकालिएको उहाँले बताउनुभयो । ‘निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन हुनुपर्ने, पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने, एउटै लय र तालमा जनताको घरदैलो जाने र जनताका समस्यासँग परिचित हुने निर्देशन पार्टी अध्यक्षले दिनुभएको उहाँले बताउनुभयो ।
यससँगै सार्वजनिक कार्यक्रममा कम्तिमा पाँच जना वक्ता रहने, माला र खादाको प्रयोगमा कमी गर्ने, कार्यक्रम छिटो, छरितो बनाउने र मञ्चमा वक्तालाई मात्र राख्नुपर्ने जस्ता निर्वाचन लक्षित कार्यक्रमका विषयमा निर्णय भएको उहाँले बताउनुभयो । सुझाव समावेश गरिएको पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशन गरिने बताउनुहुँदै उहाँले आंशिकरुपमा विभागहरु गठन गरिएको जानकारी दिनुभयो । विधानअनुसार केन्द्रीय विभागमा ३५ सदस्य राख्न सकिने व्यवस्था रहेको छ । यसैगरी, स्थानीय तहको उम्मेदवारको छ वटा मापदण्ड पारित गरिएको सो दलले जनाएको छ । चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्ने बताइएको छ । वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले, गाउँ नगरपालिकाको जिल्लाले सिफारिस गर्ने भनिएको छ । त्यस्तै, प्रदेशले, महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्य्रीय कमिटीले निर्णय गर्ने एमालेले बताएको छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सात सय ५३ स्थानीय तहमा एकैदिन देशव्यापी चैत १६ गते घोषणापत्र जारी गरिने उहाँको भनाई छ । घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल र दिनेशचन्द्र देवकोटासहितको कार्यदल गठन गरिएको उहाँले जानकारी दिनुभयो । यससँगै पार्टीको वार्षिक क्यालेन्डर पारित, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, विगतमा सचिवालय बैठकका निर्णयको अनुमोदन गरिएको उहाँले बताउनुभयो । ववरमहलस्थित एक बैङक्वीटमा बैठक बसेको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



