पपुवा न्युगिनीद्वारा नेपाल ६ रनले पराजित

काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपाललाई ६ रनले पराजित गरेको छ । जितका लागि २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा दुई सय ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलले ऐतिहासिक शतक प्रहार गरे । उनले एकदिवसीय खेलमा पहिलो पटक शतक प्रहार गरेका हुन् । एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पूर्वकप्तान पारस खड्कापछि १९ वर्षीय पौडेल दोस्रो खेलाडी बनेका छन् । एकदिवसीय खेलमा उनी सर्वाधिक रन बनाउने तथा पाँच सय रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । पौडेलले एक सय २६ रन बनाए । उनले एक सय सात बल खेल्ने क्रममा चार छक्का र सात चौका प्रहार गरे । यस्तै आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामीले १८, कमलसिंह ऐरीले १८, भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका नोरमान भानुले तीन, असाद भाला र चाल्र्स अमिनीले दुई दुई तथा नोसैना पोकनाले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल बनाएको थियो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १०३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान असाद भालाले ५५ बलमा ११ चौकासहित ६०, नोरमान भानुले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, टोनी उराले ३८, राइली हेकुरेले ३१ तथा जासन किलले १३ रन बनाए । बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए । पपुवा न्युगिनी सन् १९९८ मा एसिसी ट्रफी खेल्न नेपाल आएको थियो । त्यतिबेला नेपालसँग भने उसले खेलेन । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीले पहिलो पटक नेपालसँग खेलेको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



