टिका कार्की स्मृति कप भलिबल प्रतियोगिता हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र २५, २०७८
अष्ट्रेलियाको नेपाली समुदायमा खेल र मिडियाको क्षेत्रमा आफुलाई सबैको प्रिय बनेर अल्पआयु मै स्वर्गीय भएका टिका कार्कीको स्मरणमा ‘प्रथम टिका कार्की स्मृति कप भलिबल प्रतियोगिता’को आयोजना हुदैछ । बाग्लुंग समाज अष्ट्रेलियाको आयोजनामा हुदै गरेको उक्त प्रतियोगितामा अष्ट्रेलियामा रहेका धेरै भन्दा धेरै टिमहरु लाई सहभागिताको लागि पनि आयोजकले अनुरोध गरेको छ ।
अघिल्ला केहि बर्ष अगाडी सम्म आफै सक्रिय भएर भलिबल प्रतियोगिताहरु संचालन गर्दै आउने बाग्लुंग समाज अष्ट्रेलियाका अग्रज टिका कार्की कै स्मरण गर्दै प्रतियोगिता संचालन गर्दै गर्दा सबैलाइ दुख त लागेको छ तै पनि समुदायमा उँहाले गरेको योगदानलाई सम्झने अबसरको रुपमा यो प्रतियोगिता गर्न पाउँदा उँहा प्रति सच्चा श्रदान्जली हुने सम्झेर समाजले यो प्रतियोगिताको आयोजना गरेको पनि समाजका तर्फबाट बिकाश सापकोटाले द नेपाली टाईम्स अष्ट्रेलियाला बताए।
अप्रिल २४ आइतबारको दिन बिहान ८ बजे देखि साँझ ८ बजे सम्म सधै झैँ बिबिध इन्डोर प्रतियोगिताहरु आयोजना हुदै आएको पीसीवाईसी म्यारिकभिलमा नै यस प्रतियोगिता आयोजना हुदैछ । बितेका २ बर्ष कोभिडका कारणले धेरै कार्यक्रमहरु हुन नसकेको स्थिति पछाडी आयोजना हुदै गरेको यस प्रतियोगितामा धेरै भन्दा धेरै नेपाली दाजु-भाइ दिदि-बैनीहरु लाई उपस्थितिको लागि समाजले अनुरोध गरेको छ । मेट्रो होम्स र उर्बान होम्स मुख्य प्रायोजक रहेको यस कार्यक्रम सम्बन्धि कुनै पनि जानकारी चाहिएमा बिकाश सापकोटा 0411578240 र दिपक अधिकारीलाई 0431026157 मा  सम्पर्क गर्न अनुरोध गरिएको छ।