डब्ल्युएचओका महानिर्देशकद्वारा नेपाल सरकारको प्रशंसा
काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गर्नु भएको छ । उहाँले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबै जसोलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गर्नुभएको हो । प्रधानमन्त्री देउवासँग शुक्रवार भएको शिष्टाचार भेटका क्रममा कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको डा. टेड्रोसले बताउनु भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
त्यस अवसरमा डा. टेड्रोसले नेपालले दक्षिण एशियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप सुरु गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरुमा गरेको प्रगतिको पनि उहाँले प्रशंसा गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको उक्त शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभएको थियो । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्वस्वास्थ्य सङ्गठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले विश्वस्वास्थ्य सङ्गठनलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यका क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राख्नुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...