आज ५ बजेसम्म मनोनयन दर्ता
काठमाडौं– स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज सोमबार अपराह्न ५ बजेसम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोयन प्रक्रिया प्रारम्भ भएको थियो । निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । देशभरका ७५३ स्थानीय तहका लागि कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।
उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिनसबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचना प्रणालीमा कूल १० हजार ५३३ उम्मेदवारी दर्ता भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त नभएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगको सूचना प्रविधि शाखाले प्राप्त तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ । उक्त शाखाका अनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडा अध्यक्षमा दुई हजार २२६ को उम्मेदवारी दर्ताको विवरण सङ्कलन भएको आयोगले जनाएको छ ।
वडासदस्यमा तीन हजार १९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडासदस्यमा १० हजार १०७ मनोनय दर्ता भएका छन् ।
वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
गठबन्धन दलका उम्मेदवारको आज मनोनयन दर्ता
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलका उम्मेदवारहरूको मनोनयन दर्ता आज हुँदै छ । तालमेलमा समझदारी भएका स्थानीय तहहरूमा गठबन्धन दलहरूले संयुक्त उम्मेदवारहरूको मनोनयन दर्ता गराउने भएको हो ।
गठबन्धन दलका नेताहरू मनोनयन दर्ताको पहिलो दिनसम्म पनि देशका धेरै ठाउँमा तालमेलबारे समझदारी कामय गर्नै व्यस्त रहे । तर, पनि ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकामा समझदारी जुटाउन सकेनन् ।
आज भने मनोनयन दर्ताको अन्तिम दिन भएकाले तालमेलको समझदारी भएको ठाउँमा संयुक्त र नभएको ठाउँमा दलहरूले एक्लै पार्टीका उम्मेदवार खडा गरेर मनोनयन दर्ता गराउने भएका छन् ।
संघीय राजधानी रहेको काठमाडौं कांग्रेसका सभापति कृष्ण सबुज बानियाँले गठबन्धन दलहरूको आजै काठमाडौंमा मनोनयन दर्ता गराउने तयारी भइरहेको जानकारी दिए ।
कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनविरुद्ध नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन खडा छ । उक्त गठबन्धनले पनि आजै मनोनयन दर्ता गराउने भएको छ ।
यसअघि मनोनयन दर्ताको पहिलो दिन आइतबार साना दल र स्वतन्त्रतर्फबाट मनोनायन दर्ता भएका थिए ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...