आज ५ बजेसम्म मनोनयन दर्ता

काठमाडौं– स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज सोमबार अपराह्न ५ बजेसम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोयन प्रक्रिया प्रारम्भ भएको थियो । निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । देशभरका ७५३ स्थानीय तहका लागि कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।
उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिनसबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचना प्रणालीमा कूल १० हजार ५३३ उम्मेदवारी दर्ता भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त नभएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगको सूचना प्रविधि शाखाले प्राप्त तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ । उक्त शाखाका अनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडा अध्यक्षमा दुई हजार २२६ को उम्मेदवारी दर्ताको विवरण सङ्कलन भएको आयोगले जनाएको छ ।
वडासदस्यमा तीन हजार १९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडासदस्यमा १० हजार १०७ मनोनय दर्ता भएका छन् ।
वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
गठबन्धन दलका उम्मेदवारको आज मनोनयन दर्ता
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलका उम्मेदवारहरूको मनोनयन दर्ता आज हुँदै छ । तालमेलमा समझदारी भएका स्थानीय तहहरूमा गठबन्धन दलहरूले संयुक्त उम्मेदवारहरूको मनोनयन दर्ता गराउने भएको हो ।
गठबन्धन दलका नेताहरू मनोनयन दर्ताको पहिलो दिनसम्म पनि देशका धेरै ठाउँमा तालमेलबारे समझदारी कामय गर्नै व्यस्त रहे । तर, पनि ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकामा समझदारी जुटाउन सकेनन् ।
आज भने मनोनयन दर्ताको अन्तिम दिन भएकाले तालमेलको समझदारी भएको ठाउँमा संयुक्त र नभएको ठाउँमा दलहरूले एक्लै पार्टीका उम्मेदवार खडा गरेर मनोनयन दर्ता गराउने भएका छन् ।
संघीय राजधानी रहेको काठमाडौं कांग्रेसका सभापति कृष्ण सबुज बानियाँले गठबन्धन दलहरूको आजै काठमाडौंमा मनोनयन दर्ता गराउने तयारी भइरहेको जानकारी दिए ।
कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनविरुद्ध नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन खडा छ । उक्त गठबन्धनले पनि आजै मनोनयन दर्ता गराउने भएको छ ।
यसअघि मनोनयन दर्ताको पहिलो दिन आइतबार साना दल र स्वतन्त्रतर्फबाट मनोनायन दर्ता भएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



