प्रधानमन्त्रीले बोलाएको बैठकमा मोर्चा गएन

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मंगलबारका लागि बोलाइएको त्रिपक्षीय बैठकमा मधेशी मोर्चा अनुपस्थित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ दलहरु तथा आन्दोलनरत मधेशी मोर्चालाई प्रधानमन्त्रीले संयुक्त छलफलका लागि सोमबार नै आह्वान गरे पनि मोर्चा अनुपस्थित भएपछि अन्य दलहरुबीच छलफल भरखरै टुंगिएको छ ।
बैठकले उदारताका साथ संविधानप्रति असन्तुष्ट दलका माग सम्बोधन गर्ने विषयमा छलफल गरेको छ । बैठकमा आन्दोलनरत दल अनुपस्थित भएकाले वार्ता परिणाममुखी हुन नसके पनि वार्ताबाटै समस्याको समाधान खोज्न आफ्नो पार्टीले सुझाव दिएको बैठकमा सहभागी काँग्रेसका नेता महेश आचार्यले जानकारी दिएका छन् ।
मधेशी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीको पत्र सकारात्मक भएपनि त्यसबारे मोर्चामा छलफल हुन नसक्दा आफूहरु उपस्थित नभएको जानकारी गराएका छन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले वार्ताका लागि बोलाएको आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । मधेशी मोर्चाले अन्य दलहरुसंग मिलेर संघीय गठबन्धन बनाई राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला सरकारले गठबन्धनलाई नबोलाई मोर्चालाई मात्र बोलाएकाले वार्तामा नगएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठको प्रतिक्रिया छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...