प्रधानमन्त्रीले बोलाएको बैठकमा मोर्चा गएन
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मंगलबारका लागि बोलाइएको त्रिपक्षीय बैठकमा मधेशी मोर्चा अनुपस्थित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ दलहरु तथा आन्दोलनरत मधेशी मोर्चालाई प्रधानमन्त्रीले संयुक्त छलफलका लागि सोमबार नै आह्वान गरे पनि मोर्चा अनुपस्थित भएपछि अन्य दलहरुबीच छलफल भरखरै टुंगिएको छ ।
बैठकले उदारताका साथ संविधानप्रति असन्तुष्ट दलका माग सम्बोधन गर्ने विषयमा छलफल गरेको छ । बैठकमा आन्दोलनरत दल अनुपस्थित भएकाले वार्ता परिणाममुखी हुन नसके पनि वार्ताबाटै समस्याको समाधान खोज्न आफ्नो पार्टीले सुझाव दिएको बैठकमा सहभागी काँग्रेसका नेता महेश आचार्यले जानकारी दिएका छन् ।
मधेशी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीको पत्र सकारात्मक भएपनि त्यसबारे मोर्चामा छलफल हुन नसक्दा आफूहरु उपस्थित नभएको जानकारी गराएका छन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले वार्ताका लागि बोलाएको आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । मधेशी मोर्चाले अन्य दलहरुसंग मिलेर संघीय गठबन्धन बनाई राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला सरकारले गठबन्धनलाई नबोलाई मोर्चालाई मात्र बोलाएकाले वार्तामा नगएको संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठको प्रतिक्रिया छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...