नेप्लीज अष्ट्रेलियन बहुसंस्कृतीक एकता दिवस मनाइदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको आयोजना तथा एनआरएनए एनएसडब्लु राज्य समिती र अस्ट्रेलियन सरकारको सहयोगमा आउँदो ११ जुन शनिबार सीड्नीको म्यारीकभिल टाउन हल (303 Marrickville Rd Marrickville NSW 2204 Australia) मा नेप्लीज अस्ट्रेलियन बहुसंस्कृतीक एकता दिवस मनाउन लागिएको प्रतिष्ठानकी उपाध्यक्ष सिमा रोशीले जनाउनु भएको छ । गत अप्रिलमा तय भएको उक्त कार्यक्रम काउन्सील हलमा हुन गएको  प्राविधिक कारणले स्थगन गरि नयाँ मिति तय गरिएको रोशिले बताउनु भयो।
विविध नेपाली कला, संस्कृती र साहित्यलाई अष्ट्रेलियन भूमिमाअन्य मुलुक भारत, चिन, अफ्रीका, जापान लगाएत र कर्मथलो अष्ट्रेलियाको आदिवासीहरुको विविध कला संस्कृतीसँग जोड्ने प्रयास स्वरुप पनि यो कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । दिनको एक बजेदेखि सुरु हुने कार्यक्रममा करिब १५ वटा विविध नेपाली कला संस्कृती झल्काउने नृत्य तथा घरेलु हिंसा सचेतना सम्बन्धि लघुनाटक एब बयष्क उमेरमा लाग्दै गरेका नानिहरु लाई लक्षित गरि पेरणादायी विचार एवम अन्तरक्रियाका कार्यक्रमहरु रहेका छन् । यसै गरि अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा बिभिन्न अन्य सात देशका विविध सांस्कृतीक कार्यक्रमहरु पनि कार्यक्रमको मुख्य आकर्षण रहेको छ। जस अनुसार तामागं, नेवारी, थकाली, किरात, मगर, तमु लगायतको नेपाली पहिचान झल्कने नृत्य तथा एबोरजिनल, चिनिया, भारतिय, जापानीज, अरबिक, श्रीलंकन तथा अन्य समुदायको पनि सहभागिता रहने कार्यक्रम संयोजक सीमा रोसी(भगवती आचार्य ) ले द नेपाली टाईम्स अष्ट्रेलियाको संगको कुराकानीमा बताउनु भयो।
अष्ट्रेलिया जस्तो बुहसांस्कृतीक मुलकमा बसोबास गर्दै आएका हामी नेपालीहरुले यहाँ रहेका अन्य समुदायहरु सँंग एकअर्काको साझा मुल्य र मान्यतालाई सम्मान गर्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिश्वास  प्रतिष्ठानले  लिएको छ र उपस्थितिको लागि सबैमा हार्दिक अनुरोध गरेको छ । बिस्तृत जानकारीको लागि सुजाता के सी- 0401 423 431, सिमा रोशी-0424 914 807, देव गुरुङ्ग- 0422 031 661, राकेश जोशी- 0456 741 532, जोन श्रेष्ठ-  0449 857 001 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।