कार दुर्घटनामा अस्ट्रेलियाका दिग्गज क्रिकेटर साइमण्ड्सको निधन

सिड्नी– खेल जगतका लागि एउटा दुखद खबर छ । अस्ट्रेलियाका दिग्गज क्रिकेटर एन्ड्रयू साइमण्ड्सको निधन भएको छ । प्राप्त जानकारी अनुसार एन्ड्रयू साइमण्ड्सको शनिवार राति टाउन्सभिल्लेमा एउटा कार दुर्घटनामा निधन भएको हो । चिकित्सकहरुले उनलाई बचाउनका लागि धेरै प्रयास गरेका थिए, तर असफल रहे । चिकित्सकहरुका अनुसार जब एन्ड्रयूलाई अस्पताल पुर्याइएको थियो, उनको अवस्था निकै गम्भिर थियो । साइमण्ड्सको निधनपछि उनका प्रशंसकहरुमा शोकको लहर छाएको छ । केही अघिमात्र अस्ट्रेलियाका दिग्गज खेलाडी शेन वार्नको पनि निधन भएको थियो ।
एजेन्सीका अनुसार क्विन्सल्याण्ड प्रहरीले शहरभन्दा करिव ५० किलामिटर टाढा वेस्टको हर्वे रेन्जमा राति करिब पौने ११ बजे एउटा दुर्घटना भएको थियो । दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा तिब्र गतिको कार सडकमै पल्टिएको पाइएको छ । उक्त कारमा साइमण्ड्स गरिरहेका थिए । प्रहरीका अनुसार उक्त दुर्घटना एलिस रिभर ब्रिज नजिकै भएको छ । घटनास्थलमा पुगेको एम्बुलेन्समार्फत उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा डाक्टरहरुले साइमण्ड्सलाई बचाउन धेरै प्रयास गरेका थिए, तर असफल भए ।
चिकित्सकहरुका अनुसार दुर्घटनामा साइमण्ड्सलाई निकै गम्भिर चोट लागेको थियो । उनी कारमा एक्लै भएको बताइन्छ । ४६ वर्षीयका एन्ड्रयू साइमण्ड्सको निधनले उनका प्रशंसकहरु दुःख भएका छन् । अस्ट्रेलियाका पूर्व विकेटकीपर एडम गिलक्रिस्टले एउटा ट्वीटमार्फत यो घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यसलाई दर्दनाक भनेका छन् । अस्ट्रेलियामा लिजेण्ड खेलाडीको रुपमा चिनिने एन्ड्रयू साइमण्ड्स अस्ट्रेलियाले दुई पटक विश्वकपको उपाधि जित्ने क्रममा टोलीको सदस्य रहिसकेका छन् ।

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...