कार दुर्घटनामा अस्ट्रेलियाका दिग्गज क्रिकेटर साइमण्ड्सको निधन

सिड्नी– खेल जगतका लागि एउटा दुखद खबर छ । अस्ट्रेलियाका दिग्गज क्रिकेटर एन्ड्रयू साइमण्ड्सको निधन भएको छ । प्राप्त जानकारी अनुसार एन्ड्रयू साइमण्ड्सको शनिवार राति टाउन्सभिल्लेमा एउटा कार दुर्घटनामा निधन भएको हो । चिकित्सकहरुले उनलाई बचाउनका लागि धेरै प्रयास गरेका थिए, तर असफल रहे । चिकित्सकहरुका अनुसार जब एन्ड्रयूलाई अस्पताल पुर्याइएको थियो, उनको अवस्था निकै गम्भिर थियो । साइमण्ड्सको निधनपछि उनका प्रशंसकहरुमा शोकको लहर छाएको छ । केही अघिमात्र अस्ट्रेलियाका दिग्गज खेलाडी शेन वार्नको पनि निधन भएको थियो ।
एजेन्सीका अनुसार क्विन्सल्याण्ड प्रहरीले शहरभन्दा करिव ५० किलामिटर टाढा वेस्टको हर्वे रेन्जमा राति करिब पौने ११ बजे एउटा दुर्घटना भएको थियो । दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा तिब्र गतिको कार सडकमै पल्टिएको पाइएको छ । उक्त कारमा साइमण्ड्स गरिरहेका थिए । प्रहरीका अनुसार उक्त दुर्घटना एलिस रिभर ब्रिज नजिकै भएको छ । घटनास्थलमा पुगेको एम्बुलेन्समार्फत उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा डाक्टरहरुले साइमण्ड्सलाई बचाउन धेरै प्रयास गरेका थिए, तर असफल भए ।
चिकित्सकहरुका अनुसार दुर्घटनामा साइमण्ड्सलाई निकै गम्भिर चोट लागेको थियो । उनी कारमा एक्लै भएको बताइन्छ । ४६ वर्षीयका एन्ड्रयू साइमण्ड्सको निधनले उनका प्रशंसकहरु दुःख भएका छन् । अस्ट्रेलियाका पूर्व विकेटकीपर एडम गिलक्रिस्टले एउटा ट्वीटमार्फत यो घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यसलाई दर्दनाक भनेका छन् । अस्ट्रेलियामा लिजेण्ड खेलाडीको रुपमा चिनिने एन्ड्रयू साइमण्ड्स अस्ट्रेलियाले दुई पटक विश्वकपको उपाधि जित्ने क्रममा टोलीको सदस्य रहिसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...