विराटनगरको प्रमुखमा कांग्रेसका कोइराला, हेटौंडामा गठबन्धनकी लामा

विराटनगर- मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी हुनु भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गर्नुभएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले वडा नं १, २, ३, ४, ८, १०, ११, १४ र १९ का वडाध्यक्षमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार ५, ६, ७ ९, १५, र १६ वडाको अध्यक्षमा विजयी भएका छन् । यसैगरी जनता समाजवादी पार्टीले वडा नं १२ र १७, राप्रपा १३ र स्वतन्त्र १८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।
हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी) का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गर्नु भएको छ । नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्नु भई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गर्नुभएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...