काठमाडौंको मेयरमा निर्वाचित भए बालेन

काठमाडौं– अन्ततः काठमाडौं महानगरपालिकाले नयाँ मेयर पाएको छ । महानगरको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भए संगै काठमाण्डौले नयाँ मेयर प्राप्त गरेको हो । ईतिहास रच्दै बालेन स्वतन्त्र उम्मेदवारका रुपमा काठमाण्डौको मेयर बन्न सफल भएका हुन् । उनी ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । बालेनले सिंहलाई २३४२६ को मतान्तरले हराएका हुन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छिन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए । यो निर्वाचनमा काठमाण्डौ महानगरले युवा मेयर तथा उपमेयर प्राप्त गरेको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...