काठमाडौंको मेयरमा निर्वाचित भए बालेन

काठमाडौं– अन्ततः काठमाडौं महानगरपालिकाले नयाँ मेयर पाएको छ । महानगरको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भए संगै काठमाण्डौले नयाँ मेयर प्राप्त गरेको हो । ईतिहास रच्दै बालेन स्वतन्त्र उम्मेदवारका रुपमा काठमाण्डौको मेयर बन्न सफल भएका हुन् । उनी ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । बालेनले सिंहलाई २३४२६ को मतान्तरले हराएका हुन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छिन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए । यो निर्वाचनमा काठमाण्डौ महानगरले युवा मेयर तथा उपमेयर प्राप्त गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...