तारा एयर दुर्घटनाः १६ जनाको शव फेला

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १६ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार ९ यात्रुको अझै शव फेला परेको छैन ।

नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ।

विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।