दर्शकको मन जित्दै ‘वेलकम टु हेम्जाकोट’ को ‘मायाको रेडियो’

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– आगामी कात्तिक २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ को पहिलो गीत ‘मायाको रेडियो’ सार्वजनिक भएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्मको यो गीतमा गायक उदेश श्रेष्ठ तथा गायिका ईन्दिरा जोशीको स्वर छ । गीतलाई राज सागरले संगीतबद्ध गरेका हुन् । आइटम फ्लेभरको यो गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर छन् । गम्भिर विष्टद्वारा कोरियोग्राफी गरिएको यो गीतका शब्दहरु प्रज्वल अधिकारीले रचना गरेका हुन् ।

समारोहमा फिल्मका निर्देशक सरोज पौडेलले आफूले निकै मेहनत गरेर ‘वेलकम टु हेम्जाकोट’ निर्माण गरेकाले आम दर्शकको मन जित्नेमा ढुक्क रहेको बताए । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा फिल्मका प्रमुख अभिनेता बिनोद न्यौपानेले ‘वेलकम टु हेम्जाकोट’ साँच्चै नै रमाइलो बनेको बताउदै दर्शकको माया पाउनेमा आशवादी रहेको सुनाए । ‘फिल्म सुटिङ पूरा गर्न कोरोनालगायत धेरै अबरोधहरु आए’ उनले भने–‘तर पनि अहिले फिल्म हेर्दा त्यतिबेला गरेको दुःख सबै भुलाई दिन्छ । यो फिल्मले भोलि हलमा पनि दर्शकको दुःखपीडा भुलाएर मनोरञ्जनको संसारमा सयर गराउनेम ढुक्क छु ।’

अभिनेता दिनेश खड्काले यो फिल्मबाट आफू निकै आशावादी रहेको धारणा व्यक्त गर्दै यो फिल्मलाई हरेक उमेरका दर्शकले मन पराउने बताए । तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको फिल्ममा बिनोद, अम्बिका, सुजैरा, अस्मिताका साथमा दिनेश खड्का, बुद्धि तामाङ, शारदा गिरी, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्व. जयनन्द लामाले अभिनय गरेका छन् । प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ । समारोहमा फिल्मको पोस्टर समेत सार्वजनिक गरिएको थियो ।