१६औं वर्षमा नील डेविड्स ब्राण्ड, गगन थापाले काटे नयाँ सलूनको रिबन

काठमाडौं– नील डेविड्स सूलनको १६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडामा बिहिबार नयाँ सलून उद्घाटन गरिएको छ ।
नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुईंटेल तथा नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा उक्त सूलन उद्घाटन गर्नु भएको हो ।
नेपाली काँग्रेसका युवा नेता कुन्दन राज काफ्लेकी धर्मपत्नी मेनुका काफ्लेले नीलडेविड्स सलूनको नयाँ शाखामा हात्तीगौंडामा सञ्चालनमा ल्याउनु भएको हो ।
सलून उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि नेता गगन थापाले कपाल काट्ने पेशालाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल नीलडेविड कटवाललाई १६ औं वार्षिकोत्सवको शुभकामना दिँदै यो ब्राण्डले अन्तर्राष्ट्रिय जगतमा नेपालको चिनारी गराउन सफल हुने विश्वास व्यक्त गर्नु भयो । हात्तीगौंडामा सञ्चालनमा आएको नयाँ सलूनको सफलताको कामना गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने धारणा व्यक्त गर्नु भयो ।
अभिनेता भुवन केसी तथा अभिनेत्री सञ्चिता लुईंटेलले पनि अन्तर्राष्ट्रिय विमान परिचारिका रहिसक्नु भएकी मेनुका काफ्लेद्वारा सञ्चालनमा ल्याएको नीलडेविड्स सलूनको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
समारोहमा हेयर स्टाइलिष्ट नीलडेविड कटवालले १६ वर्षअघि काठमाडौं मलमा साढे दुई सय स्क्वायर फिटबाट प्रारम्भ भएको नीलडेविड्स सलूनले डेढ दशकको अवधिमा नेपाल तथा भारतमा करिव एक सय वटा शाखा विस्तार गर्न सफल भएकोमा सबै सहयोगी हातहरुलाई धन्यवाद दिनु भयो ।
हात्तीगौंडाको मुख्य सडक किनारामा सञ्चालनमा आएको नीलडेविड्स यूनिसेक्स सलूनमा हेयर तथा मेकअप सम्बन्धि सम्पूर्ण उपलब्ध भएको सञ्चालिका मेनुका काफ्लेले जानकारी गराउनु भयो ।
समारोहमा नीलडेविड्स सलूनको नयाँ शाखा दुबईमा समेत विस्तार हुने घोषणा गरियो । समारोहमा उपस्थित भएका भारतको कालिङपोङका शिरोमणी शर्माले नीलडेविड कटवालसंग सम्झौता गर्नु भएको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



