अष्ट्रेलियाका लागि पर्यटन दूतमा शाह नियुक्त

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले आज उहाँलाई पर्यटन दूतमा नियुक्त गरिएको नियुक्तिपत्र प्रदान गरेको छ ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले शाहलाई पर्यटन दूतमा नियुक्त गरेको नियुक्तपत्र हस्तान्तरण गर्नुभएको हो । शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने बताइएको छ । शिक्षण र होटल व्यवसायमा आबद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्षसमेत हुनुहुन्छ । यसैगरी उहाँले गैरआवासीय नेपाली सङ्घ अष्टे«लियाका लागि उपाध्यक्ष भएर काम गरिसक्नुभएको बताइएको छ । कला क्षेत्रमासमेत रुचि राख्ने शाहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...