बाल गायिका आरुशीको ‘सानो–सानो पाइला’ सार्वजनिक

सिड्नी । बाल गायिका आरुशी पोख्रेलले आफ्नो पहिलो औपचारिक गीत ‘सानो–सानो पाइला’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी ९ बर्षीय आरुशीले गीतसँगै म्यूजिक भिडियो पनि सार्वजनिक गरेकी हुन्। आफ्ना पिता गायक ईश्वर पोख्रेल संगै विभिन्न कार्यक्रममा स्टेज प्रस्तुती दिदै आएकी आरुशीले नेपाली कला, सँस्कृति, पराम्परालाई बालमनोविज्ञानसँग जोडेर गीत तयार पारेकी हुन् ।
गीतमा पिता गायक ईश्वर पोख्रेलले पनि साथ दिएका छन् । सुरेश सेन्चुरीको शष्द र संगीत रहेको गीतको भिडियो सम्पादन सिड्नीकै निर्देशक राजीब भुसालले गरेका छन् । ईश्वर पोख्रेलको आधिकारिक यूटुब च्यानलबाट सार्वजनिक म्युजिक भिडियोमा आरुशीले नेपाली कला सँस्कृति झल्किने पहिरनमा अभिनय पनि गरेकी छन् । आरुशीका पिता ईश्वर पोख्रेलले प्रवास रहेपनि नेपाली गीतसँगीतलाई निरन्तर योगदान दिदै आएका छन् । उनले ‘काली मोरी’ रातो रिवन’ कति बज्यो’ लगायत ३ दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् ।

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...