बाल गायिका आरुशीको ‘सानो–सानो पाइला’ सार्वजनिक

सिड्नी । बाल गायिका आरुशी पोख्रेलले आफ्नो पहिलो औपचारिक गीत ‘सानो–सानो पाइला’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी ९ बर्षीय आरुशीले गीतसँगै म्यूजिक भिडियो पनि सार्वजनिक गरेकी हुन्। आफ्ना पिता गायक ईश्वर पोख्रेल संगै विभिन्न कार्यक्रममा स्टेज प्रस्तुती दिदै आएकी आरुशीले नेपाली कला, सँस्कृति, पराम्परालाई बालमनोविज्ञानसँग जोडेर गीत तयार पारेकी हुन् ।
गीतमा पिता गायक ईश्वर पोख्रेलले पनि साथ दिएका छन् । सुरेश सेन्चुरीको शष्द र संगीत रहेको गीतको भिडियो सम्पादन सिड्नीकै निर्देशक राजीब भुसालले गरेका छन् । ईश्वर पोख्रेलको आधिकारिक यूटुब च्यानलबाट सार्वजनिक म्युजिक भिडियोमा आरुशीले नेपाली कला सँस्कृति झल्किने पहिरनमा अभिनय पनि गरेकी छन् । आरुशीका पिता ईश्वर पोख्रेलले प्रवास रहेपनि नेपाली गीतसँगीतलाई निरन्तर योगदान दिदै आएका छन् । उनले ‘काली मोरी’ रातो रिवन’ कति बज्यो’ लगायत ३ दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...