ओमानमाथि नेपालको ७ विकेटको जित

सिड्नी । एकदिवसीय विश्वकप छनौटको आधारका रुपमा रहेको आइसीसी लिग २ त्रिकोणात्मक सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमान माथि ७ विकेटको जित निकालेको छ । तीव्र गतिका बलर करण केसीले एकपटक फेरि शानदार बलिङ गरेपछि नेपालले ओमानमाथि प्रभावशाली जित निकालेको हो । व्याटिङतर्फ ओपनर कुशल भुर्तेल र आसिफ शेखको १२३ रनको कीर्तिमानी साझेदारीमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । यो जितसँगै नेपालले अँक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।
भिडियो न्यूजका लागि
नेपालको जितमा आसिफ शेखले ८६ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेल ७५ बलमा ५ चौकासहित ५६ रनमा क्याच आउट भए ।दुबै ओपनरको ओडिआई करिअरको तेस्रो अर्धशतक हो भने आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् । खेलमा देव खनाल १० रनमा आउट भए हुदा रोहित पौडेल २६ र दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहेका थिए । । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले १ सय बलमा ३ चौकासहित सर्वाधिक ५२ र सन्दीप गौडले ४७ रन बनाएपनि अरु व्याटरले सम्झनलायक प्रर्दशन दिन सकेनन् । तीव्र गतिका बलर करण पाँचौं ओभरको दोस्रो बलमा ओपनर कश्याप प्रजापतिलाई दुई रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । करणले नै सातौं ओभरको दोस्रो बलमा शोएब खानलाई देव खनालबाट दुई रनमा क्याच आउट गराए । १३ औं ओभरको पाँचौं बलमा ओपनर जतिन्दर सिंहलाई सन्दीपले २३ रनमा बोल्ड आउट गरे । करणको ओडिआई करिअरको यो दोस्रो पटक पाँच विकेट हो । यसअघि गत विहीनबार ओमानविरुद्धनै करणले ओडिआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...