कोइरालाको शब नेपाल पठाउन आर्थिक अभियान

सिड्नी । बुधबार दिउँसो मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका समिर कोइरालाको शब नेपाल पठाउन आर्थिक अभियान सुरु गरिएको छ । शब नेपाल पठाउन निकै धेरै रकम लाग्नेभएपछि परिवारजनको आग्रहमा कोइरालाका साथीभाई, आफन्तजन र एनआरएन अष्ट्रेलियाले संयुक्त रुपमा आर्थिक संकलन सुरु गरेका हुन् ।६ महिना अघि मात्रै नेपालबाट आएका कोइराला घरमा मृत अवस्थामा भेटिएपछि उनका परिवारजन समस्यामा परेका छन् । उनको मृत्युको कारण भने खुलेको छैन् । चितवन घर भएका कोइराला कुकरी पढ्नका लागि अष्ट्रेलिया आएका थिए ।
कोइराला केहि समय देखि मानसिक तनाबमा देखिएको कोइरालासँगै बस्ने आफन्त मनिष ढकालले जानकारी दिएका छन् । गोफन्ड डटकम मार्फत सञ्चालित अभियानमा स्वतस्फूर्त रुपमा सहयोग आउने क्रमा बढेको छ । कम्तिमा १५ हजार अष्टे«लियन डलर सहयोग जुटाउने अभियानकर्ताहरुले जनाएका छन् । यसैबीच, समिर कार्यरत मेलर्वनस्थित ओहे क्याफेले समेत शनिबार कफी बिक्रीबाट सहयोग गर्ने जनाएको छ । समिरको निधनको कारण बारे भिक्टोरिया प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...