समिरको शब नेपाल पठाउन जुट्यो १८ हजार डलर

-- गोपाल छन्त्याल ?>

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलर्वनमा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका समिर कोइरालाको शब नेपाल पठाउन आवश्यक रकम जुटेको छ । ६ महिना अघि मात्रै नेपालबाट आएका चितवनका समिर गत बुधबार दिउँसो आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । एनआरएन अष्टेलिया, कोइरालाका साथीभाइ र आफन्तजनको सक्रियतामा गोफण्ड मि डटकम मार्फत सुरु गरिएको आर्थिक संकलन अभियानमा २२ घण्टामै १८ हजार अष्टेलियन डलर संकलन भएको हो ।

कोइरालाको शब फिर्तीका लागि आवश्यक रकम जुटेपछि सहयोग संकलन अभियान बन्द गरिएको एनआरएनए अष्टेलियाले जनाएको छ । आवश्यक कागजी प्रक्रिया पूरा गरेर कोइरालाको शब नेपाल पठाउने तयारी भएको छ । कुकरी पढ्नका लागि अष्ट्रेलिया आएका कोइराला केहि समय देखि मानसिक तनाबमा देखिएको कोइरालासँगै बस्ने आफन्त मनिष ढकालले जानकारी दिएका छन् ।