समिरको निधनको स्मृतिमा दिप प्रजवलन

-- गोपाल छन्त्याल / प्रकाशित मिति : मङ्लबार, असार १४, २०७९

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा क्यानडेल दिप प्रजवलन गरिएको छ । ६ महिनाअघि उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका चितवनमा समिर मृत भेटिनुअघि मानसिक तनाबमा थिए । उनको निधन भएको १३ औँ दिन पारेर आफन्जन, साथीभाई र गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका प्रतिनिधीहरुले संयुक्त रुपमा मृतआत्माको चिरशान्तिको कामना गर्दै दिप प्रजवलन गरेका हुन् ।
भिडियो न्यूजका लागि

समिरको शब नेपाल पठाउने प्रक्रिया जारी रहेको, एनआरएनए अष्ट्रेलिया स्टुडेण्ड एडभाइजरी काउन्सिलका सचिब सिद श्रेष्ठले जानकारी दिए । उनका अनुसार, समिरको शब स्वदेश फिर्तीका लागि आवश्यक रकम जुटेपछि बाँकी प्रक्रिया अघि बढाईएको थियो । शब फिर्ताका लागि निकै ठुलो रकम चाहिने भएपछि गोफण्डमि डटकम मार्फत १८ हजार भन्दा बढी अष्टे«लियन डलर संकलन गरिएको छ । ‘शब फिर्ता लैजान आवश्यक रकम जुटेपछि हामीले बाँकी प्रक्रिया अघि बढाएका छौँ’, सचिब श्रेष्ठले भने ।