वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक नयाँ पार्टीको घोषणा गर्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेपालका कम्युनिष्ट पार्टीलाई एकताबद्धरुपमा लैजानका लागि नयाँ पार्टीको घोषणा गरेको बताउनुभयो । नेता गौतमले आगामी निर्वाचनसम्म ठूला कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नका लागि आफूले नयाँ पार्टी गठन गरेको उल्लेख गर्नुभयो ।
‘नेपालका कम्युनिष्ट फुट्दा अरुले नै फाइदा लिए’ उहाँले भन्नुभयो-‘अब मेरो नेतृत्वमा नेपालका कम्युनिष्टलाई एकताबद्ध बनाउँछु ।’ आफ्नो पार्टीले कम्युनिष्टलाई एकताबद्ध बनाएर पार्टी सञ्चालन गर्ने नेता गौतमको भनाइ थियोे । पार्टी एकीकरण गर्ने विषयलाई जुन कम्युनिष्ट पार्टीले सम्मान गर्छ त्यहीसँग एकता गर्ने उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टी एकताका लागि तीन महिने अभियान सञ्चालन गर्ने गौतमले जानकारी दिनु भयो । ‘हाम्रो पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठन गर्नु हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कार्यगत एकतामा ल्याउन वातावरण निर्माण गर्नु अर्को उद्देश्य हो’, उहाँले भन्नुभयो ।
नेपालका कम्युनिष्ट पार्टी ४६ पटक पुनर्गठन भएका र त्यसमा आफू नै संलग्न भएको नेता गौतम भनाइ थियो । नयाँ पठन भएको सो पार्टीको अध्यक्षमा गौतम रहनुभएको छ । पार्टी बहुपदीय प्रणालीमा हुने छ । एक अध्यक्ष, प्रत्येक प्रदेशमा इञ्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको छ । पार्टीको ७५ सदस्यीय कमिटी, १५ जना नबढ्ने गरी स्थायी कमिटीको व्यवस्था गरिएको केन्द्रीय सचिवालयका सचिव डिवी कार्कीले जानकारी दिनुभयो । गौतमको संयोजत्वमा आठ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । उक्त सचिवालयमा सचिव कार्की तथा सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहनुभएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...