नेपाली क्रिकेट टोली अष्ट्रेलिया आउंदै

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको छ । नेपालमा बर्षाका कारण अभ्याससँगै अन्य प्रतियोगिताहरु ठप्प हुने भएपछि खेलाडीहरुलाई अभ्यासमा व्यस्त बनाइराख्न अष्टेलिया भ्रमण गराउने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । भ्रमणका क्रममा नेपालले अष्टेलियाको ए टिमसँग अभ्यास खेलहरु खेल्ने संभावना रहेपनि टुगो भने लागिसकैको छैन । टोलीले सेप्टेम्बरमा भ्रमण गर्ने तय भएपनि मिति र खेल तालिकाको सम्पूर्ण विवरणबारे आन्तरिक तयारी भइरहेको नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक) वृतान्त खनालले जानकारी दिएका छन् ।
‘अष्ट्रेलिया भ्रमण टुगो लागेको छ, तर कुन टोलीसँग खेल्ने र सेप्टेम्बरमा कहिले खेल्ने अहिले नै भन्न सकिदैन’, खनालले सञ्चारमाध्यमहरुलाई भनेका छन् । यसैबीच, नेपाली टोली मंगलबार क्यानाडातर्फ लागेको छ । क्यानाडामा एक अभ्यास खेल र क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । जहाँ नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ । नेपाल अहिलेसम्म ३६ मध्ये १६ खेल खेल्दै ७ जित,८ हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...