नेपाली क्रिकेट टोली अष्ट्रेलिया आउंदै

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको छ । नेपालमा बर्षाका कारण अभ्याससँगै अन्य प्रतियोगिताहरु ठप्प हुने भएपछि खेलाडीहरुलाई अभ्यासमा व्यस्त बनाइराख्न अष्टेलिया भ्रमण गराउने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । भ्रमणका क्रममा नेपालले अष्टेलियाको ए टिमसँग अभ्यास खेलहरु खेल्ने संभावना रहेपनि टुगो भने लागिसकैको छैन । टोलीले सेप्टेम्बरमा भ्रमण गर्ने तय भएपनि मिति र खेल तालिकाको सम्पूर्ण विवरणबारे आन्तरिक तयारी भइरहेको नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक) वृतान्त खनालले जानकारी दिएका छन् ।
‘अष्ट्रेलिया भ्रमण टुगो लागेको छ, तर कुन टोलीसँग खेल्ने र सेप्टेम्बरमा कहिले खेल्ने अहिले नै भन्न सकिदैन’, खनालले सञ्चारमाध्यमहरुलाई भनेका छन् । यसैबीच, नेपाली टोली मंगलबार क्यानाडातर्फ लागेको छ । क्यानाडामा एक अभ्यास खेल र क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । जहाँ नेपालसहित स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ । नेपाल अहिलेसम्म ३६ मध्ये १६ खेल खेल्दै ७ जित,८ हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...