‘कलाकर्मी डाइजेष्ट’ सार्वजानिक

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने उद्देश्यले ‘कलाकर्मी डाइजेष्ट’ शनिबारदेखि बजारमा आएको छ । मासिक पत्रिकाका रूपमा प्रकाशित गरिने पत्रिकामा राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिकका साथै अन्तर्राष्ट्रिय क्षेत्रका विषयवस्तु समेटिएको छ । कलाकर्मी ‘मिडिया म्यानेज्मेन्ट’का लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित ६८ पृष्ठको उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल हुनुहुन्छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले शनिबार आयोजित विमोचन समारोहमा विभिन्न कारणले छापा माध्यमको प्रकाशन कम भइरहेको अहिलेको अवस्थामा प्रकाशित पत्रिकाले समाजलाई नयाँ दिशा दिने विचार व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण नगरवासीको सहयोगले काठमाडौँलाई एक वर्षभित्रै सुन्दर नगरका रूपमा विकसित गर्ने योजना रहेको बताउनुभयो ।
चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले समाजलाई सूचना र चेतना प्रदान गरी सामाजिक रुपान्तरण गर्न सञ्चार र कला क्षेत्रको महत्व रहेको बताउनुभयो । अभिनेता भुवन केसीले नेपाली जीवनशैली तथा सामाजिक परिवेशमा आधारित मौलिक चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँ महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकाल, काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, निर्देशक कृष्णदेव रुपाखेतीलगायतले पत्रकारितामार्फत समग्र देशलाई नै समृद्धितर्फ लैजान कलाकर्मी डाइजेष्ट पत्रिकाको निरन्तरताको कामना गर्नुभयो ।
नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, समाजसेवी तिलबहादुर कार्की, गीतकार अम्बिका गुरुङ र सामाजिक अभियन्ता ताराबहादुर कुँवरलाई नगद रु पाँच हजार ५५५ सहित ‘कलाकर्मी सम्मान’द्वारा सम्मानित गरिएको थियो ।
सम्मानित व्यक्तित्वको तर्फबाट शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्यासितरूपमा सम्मानित हुन पाउँदा सधैँ गौरवको महसुस हुने धारणा व्यक्त गर्नुभयो । समारोहमा पत्रिकाका प्रकाशक भट्टराईले विषम परिस्थितका बीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास गरेको बताउनुभयो । सम्पादक ढकालले छापा माध्यमको महत्व कहिले पनि नघट्ने भएकाले यो पत्रिकाका प्रकाशनमा आएको जानकारी दिनुभयो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...