ओन्टारियो विरुद्ध नेपाल विजयी

सिड्नी । नेपालले क्यानाडास्थित स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई टि ट्वान्टी अभ्यास खेलमा ५५ रनले पराजित गरेको छ । पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको ओन्टारियो १९.३ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । ओन्टारियोका लागि बरुण सहदेवले सर्वाधिक ५० रन, जेड मदमोर ३७ रन बनाएका थिए । दोस्रो विकेटका लागि सहदेव र पदमोरले ६९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछि सम्हालिन नसक्दा हार स्वीर्कान बाध्य भएको थियो ।बलिङतर्फ नेपालका सोमपाल कामीले ३.३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, आदिल अन्सारी र किशोर महतोले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरीले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनमा आउट भए । नेपाललाई पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र पवन सरार्फले २.५ ओभरमा १६ रनको साझेदारी गरेका थिए । पवनले ३७, देव खनालले २० रनको योगदान दिएका थिए । चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ५४ रनको साझेदारी गर्दा पाँचौं विकेटका लागि आदिल र रोहितले ६७ रनको अविजित साझेदारी गरेका थिए । ओन्टारियोका रेमाण्ड, बरुण, किनान र हसनले १–१ विकेट लिए । एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो । नेपालले अव क्यानाडासँग दुई एकदिवसिय खेल खेल्ने छ । त्यसपछि स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...