अष्ट्रेलियामा सुजन शिलपकारले जिते डब्लुएफएफको उपाधी

सिड्नी । शारिरिक सुगठक (बडीविल्र्डस्) सुजन शिलपकारले विश्व फिटनेश महासंघ (डब्लुएफएफ)को उपाधी जितेका छन् । आइतबार अष्ट्रेलियाको मेलर्वनमा आयोजना भएको देशव्यापी च्याम्पियनसीपमा ‘मेन्स् र्पफमेन्स बडिविल्डिङ’ र ‘मेन्स् स्पोट्स मोडेल हाइ क्लास’ विधामा स्वर्णपदक हासिल गर्दै डब्लुएफएफको उपाधी जितेका हुन् । उपाधीसँगै सुजनले विश्वका जुनसुकै देशमा आयोजना हुने शारिरिक सुगठनको अझ माथिल्लोस्तरको प्रतियोगितामा भाग लिन पाउने भएका छन् । त्यसका लागि डब्लुएफएफ मार्फत डब्लुएफएफ प्रोकार्ड प्राप्त गर्न सफल भएका छन् ।

‘अष्ट्रेलिया भर रहेका बलिविल्र्डस्हरु सहभागि प्रतियोगितामा उपाधी जित्न पाउँदा धेरै खुशी लागेको छ’, उनले भने, ‘अब अष्ट्रेलिया भन्दा बाहिर हुने प्रतियोगितामा भाग लिन जाँदा, नेपालको प्रतिनिधित्व गरेर जानेछु ।’ दशक भन्दा बढी शारिरिक सुगठनको क्षेत्रमा सक्रिय सुजनले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा देशको प्रतिनिधित्व गर्न पाउँदा खुशी लाग्ने बताए । ‘उपाधी जितेपछि, प्रोकार्ड लिँदा मैले आयोजकलाई अन्तराष्ट्रिय प्रतियोगितामा अष्ट्रेलियाबाट नभइ नेपालबाट प्रतिनिधित्व गर्छु भने र त्यही अनुसार कार्डको व्यवस्था गरें’, उनले सुनाए, ‘अब मैले नेपालको प्रतिनिधित्व गर्छु ।’

करिब १६ वर्षको हुँदादेखि जिम सुरु गरेका सुजनले सन् २०१९ देखि २०२२को अवधीमा अष्ट्रेलियाको विभिन्न शहरमा आयोजना भएको प्रतियोगितामा ५ वटा च्याम्पियन उपाधी र १७ वटा स्वर्णपदक जित्न सफल भएका छन् । अष्ट्रेलियामा पछिल्लो समय नेपाली युवाहरु पनि शारिरिक सुगठन प्रति आकर्षित भएको र उनीहरुले राम्रो पनि गरिरहेको सुजनको भनाई छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...