सन्दीप एकैरातमा करोडपति

सिड्नी । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकै रातमा करोडपति बनेका छन् । उनी, विश्वका दुई चर्चित फ्रेन्चाइज लिगमा अनुबन्धन भएसँगै उक्त रकम कमाउन सफल भएका हुन् । श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लँका प्रिमियर लिगमा अनुबन्धन भएको २४ घण्टा नवित्दै उनी फेरि क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि छनौट भएका छन् । सन्दीपले सिपिएल जमैका तल्लावाजबाट खेल्नेछन् भने लंका प्रिमियर लिग डाम्बुल्ला जायन्ट्सबाट खेल्नेछन् । सन्दीपले सन् २०२० सिपिएल संस्करण पनि तल्लावाजबाटै खेलेका थिए ।
सो प्रतियोगितामा उनले ११ खेलमा १२ विकेट लिएका थिए । जमैकाले पाँच विदेशी खेलाडीको कोटामा सन्दीपलाई ड्राफ्टअघि नै अनुबन्ध गरेको हो । लंका प्रिमियरका लागि ४० हजार अमेरिकन डलर अर्थात पचास लाख रुपैयाँमा अनुबन्धन भएका सन्दीपले सिपिएलका लागि रकम नखुलाइएपनि करिब ६० हजार अमेरिकन डलरमा सहमति भएको बताईएको छ । सीपिएलमा सन्दीपसँगै पाकिस्तानका तीव्रगति बलर मोहम्मद आमीरले पनि जमैकासँग सम्झौता गरेका छन् । सन्दीपले यसअघि भारतको आईपीएल, अस्ट्रेलियाको बिग बास लिगलगायत विश्वभरका प्राय: चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...