सिड्नीमा २०९ औं भानु जयन्ती विविध कार्यक्रम सहित सम्पन्न

कार्यक्रममा निराजन सापकोटाद्वारा लिखित कविता संग्रह “जीवन :अविरल यात्रा र स्मृति” को प्रमुख अथिति ज्ञानुवाकर पौडेल, विशिष्ट अथिति दीपक कुमार खड्का एवं विशेष अथिति नन्द गुरुङ र देव गुरुङले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो र सोहि अवसरमा आफ्नो पुस्तकको बारेमा निराजन सापकोटाले प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा श्रेया पौडेल, आरुषी पोख्रेल र आयाम घिमिरेलाई प्रमुख र विशिष्ट अथितिले प्रमाणपत्र प्रदान गर्नु भएको थियो। साथै बाल प्रतिभा ब्रिष्टि दवाडीलाई अनेसास केन्द्रको “बालतारा पुरस्कार” बाट समेत सम्मान गरिएको थियो। कार्यक्रमको अन्तमा प्रमुख अथिति ज्ञानुवाकर पौडेलले आफ्नो मन्तब्यका साथसाथै गज़ल वाचन गर्नुभएको थियो। साथै विशिष्ट अथिति दीपक कुमार खड्का एवं विशेष अथिति नन्द गुरुङ र देव गुरुङले आफ्नो मन्तब्य राख्नुभएको थियो। अध्यक्ष ममता तिवारीले सहभागी सबैलाई धन्यवाद दिदै कविता वाचनका साथ कार्यक्रम समापन गर्नु भएको थियो।
अनेसास न्यु साउथ वेल्स च्याप्टरका महासचिव डा प्रकाश पौडेल र पब्लिक अफिसर चतुर्भुज खरेलले संचालन गर्नु भएको उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सहयोगी दाताहरु चतुर्भुज खरेल, नविन शाही, तोरण अवस्थी, निरज श्रेष्ठ, मोहन पाण्डे, डिला खरेल, रंजित वन्त, तिर्थ खतिवडा र कृष्ण बि के लाई सम्मान गरिएको थियो ।

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...