सिड्नीमा २०९ औं भानु जयन्ती विविध कार्यक्रम सहित सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार २७, २०७९
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु साउथ वेल्स च्याप्टर अष्ट्रेलियाले नेप्लिज अष्ट्रेलियन एशोसिएशन (NAA), फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएशन अफ अष्ट्रेलिया (FeNCAA) र गैर-आवासीय नेपाली संघ (NRNA SCC) को सहकार्यमा गत ९ जुलाई शनिवारको दिन २०९ औं भानु जयन्ती एवं साहित्यिक कार्यक्रम हर्स्टभिलको सिभिक थिएटरमा भव्यताका साथ सम्पन्न भएको छ ।
अनेसास एनएसडब्लुकी अध्यक्ष ममता सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम वरिष्ठ गज़लकार ज्ञानुवाकर पौडेलको प्रमुख अथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एनएसडब्लु महाबाणिज्यदुत दीपक खड्का, गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष देव गुरुङ, सामाजिक अभियन्ता इन्द्रा वन, डा नारायण प्रधान अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो ।  प्रमुख अथिति ज्ञानुवाकर पौडेलले पानसमा बत्ती बालेर एवं सम्पूर्ण अथितिहरुबाट भानुभक्तको तस्विरमा मार्ल्यापण गरेर शुरु भएको उक्त कार्यक्रममा नेपाली राष्ट्रिय गान र बालबालिकाहरु को प्रतिभा प्रदर्शन समेत रहेको थियो । कार्यक्रममा श्रेया पौडेल र आरुषी पोख्रेलले नेपाली नृत्य प्रस्तुति गरेका थिए भने आयाम घिमिरेले बाल्मिकी रामायणको बालकाण्डको श्लोकहरु सुनाएका थिए ।
अनेसास न्यु साउथ वेल्स च्याप्टर उपाध्यक्ष बिष्णु घिमिरेले भानुभक्तको जीवनी र कृतिका बारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा ठुलो संख्यामा साहित्यिक सर्जकहरु एवं सिड्नीका विभिन्न सामाजिक संस्थाहरुका अध्यक्ष, महासचिव र प्रतिनिधिहरुका साथै सिड्नीमा स्थापित नेपाली पत्रकारहरुको समेत उल्लेखनिय उपस्थिति रहेको थियो । सो अबसरमा आमंत्रित कविहरु एवं सहभागि श्रोताहरुले आ-आफ्ना कविता र गज़ल वाचन गरेका थिए । सर्जक कविहरु सानु घिमिरे, निस्प्रभ सजी, सुरेन्द्र दवाडी, बुद्धि सागर दवाडी, डा मधु पुडासैनी, राम प्रसाद कोइराला, गायत्री कोइराला, प्रतिज्ञा अधिकारी, मुक्ति पोख्रेल, भावना पराजुली बस्ताकोटी , बिष्णु घिमिरे, शान्ता सिटौला, रमेश अधिकारी, निराजन सापकोटा, दयाराम सिम्खडा, नबिन घायलले रचना वाचन गर्नु भएको थियो।
कार्यक्रममा निराजन सापकोटाद्वारा लिखित कविता संग्रह “जीवन :अविरल यात्रा र स्मृति” को प्रमुख अथिति ज्ञानुवाकर पौडेल, विशिष्ट अथिति दीपक कुमार खड्का एवं विशेष अथिति नन्द गुरुङ र देव गुरुङले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो र सोहि अवसरमा आफ्नो पुस्तकको बारेमा निराजन सापकोटाले प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा श्रेया पौडेल, आरुषी पोख्रेल र आयाम घिमिरेलाई प्रमुख र विशिष्ट अथितिले प्रमाणपत्र प्रदान गर्नु भएको थियो। साथै बाल प्रतिभा ब्रिष्टि दवाडीलाई अनेसास केन्द्रको “बालतारा पुरस्कार” बाट समेत सम्मान गरिएको थियो। कार्यक्रमको अन्तमा प्रमुख अथिति ज्ञानुवाकर पौडेलले आफ्नो मन्तब्यका साथसाथै गज़ल वाचन गर्नुभएको थियो। साथै विशिष्ट अथिति दीपक कुमार खड्का एवं विशेष अथिति नन्द गुरुङ र देव गुरुङले आफ्नो मन्तब्य राख्नुभएको थियो। अध्यक्ष ममता तिवारीले सहभागी सबैलाई धन्यवाद दिदै कविता वाचनका साथ कार्यक्रम समापन गर्नु भएको थियो।
अनेसास न्यु साउथ वेल्स च्याप्टरका महासचिव डा प्रकाश पौडेल र पब्लिक अफिसर चतुर्भुज खरेलले संचालन गर्नु भएको उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सहयोगी दाताहरु चतुर्भुज खरेल, नविन शाही, तोरण अवस्थी, निरज श्रेष्ठ, मोहन पाण्डे, डिला खरेल, रंजित वन्त, तिर्थ खतिवडा र कृष्ण बि के लाई सम्मान गरिएको थियो ।