स्कटल्याण्डविरुद्ध नेपालको ऐतिहासिक जीत

काठमाडौं– नेपालका ओपनर आसिफ शेख तथा तीव्र गतिका बलर सोमपाल कामी, आदिल अन्सारी र करण केसीको उच्च प्रदर्शनमा नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जीत हासिल गरेको छ । बुधवार राति सम्पन्न आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक वन डे सिरिजमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । जीततको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
यो जीतसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपाललाई सहज जिताउन युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र एक छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । आसिफले छक्का हान्दै ४८ बलमा आफ्नो वन डे करिअरको चौथो अर्धशतक पूरा गरेका थिए । त्यस्तै रोहित पौडेल ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए । आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.२ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशलले २७ रन बनाए ।
त्यसअघि, नेपालले जीतका लागि १४५ रनको लक्ष्य पाएको थियो । स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो । नेपालका सोमपाल कामी, आदिल अन्सारी र करण केसीले उत्कृष्ट बलिङ गरेपछि स्कटल्यान्ड सस्तैमा समेटिएको हो । स्कटल्यान्डका लागि नवौं नम्बर ब्याटिङ गर्न लागेको गाबिन मैनले सर्वाधिक ६४ रन बनाए । त्यस्तै, मार्क वाटले १७, सफयान शरिफले १६, कालुम म्याकलोड १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका सोमपालले १० ओभरमा ४० रन दिएर तीन विकेट लिए । आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चिएर ३ विकेट झारे । करण केसीले ९ ओभरमा ३१ रन दिएर एक विकेट लिए । कप्तान सन्दीपले १० ओभरमा ३५ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो । श्रृंखलाका लागि स्कटल्याण्डको भ्रमणमा रहेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो भने स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



