अष्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत !

सिड्नी– कोभिड–१९ को महामारीका बेला अष्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ । सङ्क्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाईन बाजी थाप्ने, जुवातास खेल्नेलगायत गतिविधि बढेको नयाँ सर्वेक्षणले देखाएको हो । नेशनल लाइब्रेरी अफ मेडिशिनले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार १९ वर्षमुनिका एक हजार किशोर-किशोरीमध्ये ३० जनामा मानसिक रूपमा इन्टरनेट गेमिङ डिसअर्डर पाइएको छ । विकासात्मक मनोवैज्ञानिक एवम् म्याक्वेरी विश्वविद्यालयका एशोशिएट प्रफेसर वेन वारबर्टनले इन्टरनेट गेमिङ डिसअर्डरका कारण उनीहरूमा विद्यालयले दिएका गृहकार्य, पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यलगायत दैनिक जीवनमा गम्भीर असर पर्न सक्ने बताएका छन् ।
इन्टरनेट गेमिङ डिसअर्डरबाट प्रभावितहरूमा चिडचिडापन, विगतका आमोदप्रमोद एवम् मनोरञ्जनका कुरामा अरूची र वेवास्ता गर्ने तथा गेमिङबाट उनीहरूलाई रोक्न खोज्दा उनीहरूबाट आक्रमणसमेत हुनसक्ने मनोवैज्ञानिक वारबर्टनले सर्वेक्षणमा उल्लेख गरेका छन् । सामाजिक रूपमा साथीभाइसँग घुलमिल हुनेभन्दा पनि इन्टरनेटमा उपलव्ध मनोरञ्जनात्मक गतिविधिमा उनीहरू अधिकमात्रामा व्यस्त रहेका पाइएको छ । प्राध्यापक वारबर्टनले अमेरिकी तथ्याङ्लाई पनि सर्वेक्षणमा उद्धृत गरेका छन् । सन् २०२१ मा दैनिक औसत पाँचसय २० मिनेट मनोरञ्जन स्क्रिनमा बिताएका किशोरकिशोरीहरूको त्यो समय कोरोना महामारीअघि औसत दैनिक चार सय मिनेटमा सीमित थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...