“महंगीले मार्यो बरिलै” जेनिशाको तीज गीत सार्बजनिक  

भिडियो सहित 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन २, २०७९
सिड्नी, अष्ट्रेलिया । चाडपर्ब नजिकिदै गर्दा चाडपर्ब संग सरोकार राख्ने गीत संगीतले चाडपर्बलाई संगीतमय बनाउदै छन् । यसै क्रममा नजिकिँदो तीज पर्बलाई लक्षित गरि जेनिशाले नयाँ तीज गीत  “महंगीले मार्यो बरिलै” सार्बजनिक गरेकी छन् ।
अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा लागि रहेकी मोडेल तथा गायिका जेनीशा गौतमको स्वरमा रहेको यो गीतले एका तिर पुरानो तीजको भाका “बरिलै…” ले तिज सम्झाएको छ भने अर्को तिर महंगीको मारमा परेको हाम्रो समुदाय र  रमाइलो गर्न, मिठो खान अनि राम्रो लाउन चाडबाड कुरेर बस्ने नेपाली परिवारको ब्यथालाई शब्द र लय मार्फत उजागर समेत गरेको छ।
हालै युटुब मार्फत सार्वजनिक भएको यस गीतको शब्द अशोक गुरुङ्गको हो भने सुवास भुसालले यस गीतमा संगीत दिएका छन्। यसै गरि गीतका एरेन्जर उदय राज पौडेल हुन् भने यस गीत र म्युजिक भिडियोको निर्माता स्वयं गायिका जेनिशा गौतम हुन् । भिडियोमा पवन सुसिलिङ्गको छायाँकन तथा सम्पादन तथा दिपक आचार्यको निर्देशन रहेको छ । गीतको म्युजिक भिडियोमा सामरिका ,स्मारिका , विनु अधिकारी र रश्मी पाण्डेको अभिनय रहेको छ । साथमा बाल कलाकारहरु काव्या बास्कोटा र कृलाभा बास्कोटाको समेत अभिनय देख्न सकिन्छ ।
भिडियोको लागि-