‘प्रेमकथा’ को विमोचनमा भजन शिरोमणिको सम्मान

काठमाडौं— गायक प्रेम सेनले गाएका आधुनिक गीतहरुको एल्बम ‘प्रेमकथा’ काठमाडौंमा सार्वजनिक गरिएको छ । भजन शिरोमणी भक्तराज आचार्य, उनका दुई गायक छोरा सत्यराज आचार्य तथा स्वरुपराज आचार्यसहितको समुहले सोमबार आयोजित एक सांगीतिक समारोहमा उक्त एल्बम सार्वजनिक गरेका हुन् ।
समारोहमा गायक सेनले भजन शिरोमणी आचार्यलाई नगद २५ हजार रुपैयाँ तथा ताम्रपत्रसहित सम्मान गरेका थिए । नेपाली सांगीतिक क्षेत्रका शिखर पुरुष युवापुस्ताका संगीतकमीहरुको प्रेरणाको स्रोत भएको भन्दै गायक सेनले संगीत शिरोमणी आचार्यलाई सम्मान गरेका हुन् ।
विमोचित एल्बममा आधुनिक शैलीका सात वटा गीतहरु सुन्न सकिन्छ । एल्बममा हरि लम्साल, साजन शाह, बिनोद खम्बु, कमल क्षेत्री तथा टिका बोमजनद्वारा संगीतबद्ध गीतहरु समावेश छन् । यी मेलोडियसहरुमा नरेश भट्टराई, साजन शाह, कमल खत्री, सूर्य दोङ तथा टिका बोमजनका शब्दहरु सुन्न सकिन्छ ।
विमोचन समारोहमा गायक तथा संगीतकार सत्यराज आचार्यले विमोचित एल्बमका गीतहरुको समिक्षा गर्दै गायक प्रेम सेनको गायन कलाको प्रसंसा गरेका थिए । सत्यराजको समिक्षा सुनेपछि उनका बुवा भक्तराज आचार्यले कार्यक्रम सञ्चालक नरेश भट्टराईमार्फत गायक प्रेमको गायकीको प्रसंसा गर्दै गीत गाउँदा स्पष्ट शब्द उच्चारणमा ध्यान दिनु पर्ने सुझाव दिएका थिए । संगीतकर्मी तथा गायक स्वरुपराज आचार्यले पनि गायक प्रेम सेनको गायकीको प्रसंसा गरेका थिए ।
समारोमा एल्बममा समावेश दुई वटा गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । अर्जुन अधिकारीद्वारा संगीतबद्ध ‘तिमीले ला’को’ गीतको भिडियोमा जीवन भट्टराई तथा विपना थापाले अभिनय गरेका छन् । प्रसन्न पौडेलद्वारा निर्देशित ‘थाहा छैन…’ गीतको भिडियोलाई भने प्रसन्न पौडेलले निर्देशन गरेका छन् जसमा विवेक सिंह ठकरीले अभिनय गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...