एशियाली खेलकुदमा स्वर्ण विजेता नेपाली खेलाडीलाई ३२ लाख ५० हजार

काठमाडौं– युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले चीनको हाङझाउमा आयोजना हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई ३२ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपद्वारा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गहतराजले राष्ट्रका लागि पसिना बगाउने खेलाडीका लागि पुरस्कारस्वरूप उक्त रकम प्रदान गर्ने बताएका हुन् । मन्त्री गहतराजले उक्त प्रतियोगितामा रजत जित्ने खेलाडीलाई १९ लाख ५० हजार र कास्यपदक जित्नेलाई १३ लाख रुपैयाँ प्रदान गर्ने जानकारी दिए का छन् । एशियाली खेलकुद प्रतियोगिता आगामी २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तरिखसम्म हुने तय भएको छ । मन्त्री गहतराजले उक्त प्रतियोगिता तयारीमा केही कमी नरहने भन्दै खेलाडीे प्रशिक्षणका लागि थप आवश्यक रकम विनियोजन गर्न पछि नहट्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १९औँ एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । राखेप सदस्य सचिव टङ्कलाल घिसिङले एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि खेलाडीले निकै मेहनत गरिरहेको भन्दै उक्त प्रतियोगिताका लागि सरकारले १० करोड रुपैयाँ बजेट छुट्याएको बताए । एशियाली खेलकुद प्रतियोगिताको पहिलो चरणको ४० दिनको प्रशिक्षण सम्पन्न भएको छ । अबको केही दिनपछि दोस्रो चरणको प्रशिक्षण प्रारम्भ गर्ने राखेपले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...