अस्ट्रेलियामा ‘बद्री बहादुर’ को प्रिमियर

सिड्नी– शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को शनिबार अस्ट्रेलियामा प्रिमियर गरिएको छ । फिल्मको नेपाल प्रदर्शनअघि विदेशबाट प्रदर्शनको सुरुवात गरेको निर्देशक बस्नेतले बताएका छन् । फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको निर्देशक बस्नेतको भनाइ छ । बद्री बहादुरलाई मिलेको दर्शक प्रतिक्रियाबाट निर्देशक बस्नेत खुशी छन् । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । अस्टे«लियाका विभिन्न तीन शहरमा यो फिल्म प्रदर्शन गरिनेछ ।
सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्म एबि पिक्चर्स फर्म तथा सलोन–सलिना ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता रहेको यो फिल्मका निर्माता मिथुन भोटे हुन् ।
यो फिल्ममा पूजा शर्मा र सलोन बस्नेत विशेष भूमिकामा छन् भने जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ र वर्षा चौलागाईंले फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...