‘एनएडिएफ’को बाह्रौ साधारण सभा सम्पन्न

भिष्म भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं बैचारिक मन्थनको चौतारीको रुपमा परिचित प्रजातन्त्र प्रेमीहरु को संस्था नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरोम (एनएडिएफ) ले आफ्नो एघारौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।
नेपाली कांग्रेसका उप-सभापति धनराज गुरूङको प्रमुख आतिथ्यतामा, वरिष्ठ नेता चन्द्र भण्डारी, सह महामन्त्री बद्री पाण्डे,  प्रदेश १ का सभापति उद्धब थापा र केन्द्रिय सदस्य कल्याण गुरुङ्गको आतिथ्यतामा उपस्थितिमा सम्पन्न उक्त साधारण सभाले भिष्म भण्डारीको अध्यक्षतामा आउने कार्यकालको लागि नयाँ कार्य समिति गठन गरेको छ। कार्य समितिका अन्य पदाधिकारीहरु मा उपाध्यक्षमा  छबी सापकोटा,  महासचिवमा  प्रकाश हुमागाइ, सचिवमा  हरिकृष्ण अधिकारी कोषाध्यक्ष बिकास सापकोटा, प्रबक्तामा हरि भक्त अधिकारी, पब्लिक अफिसरमा प्रकाश खरेल चयन  भएका छन्। यस्तै संस्थाका कार्यकारी सदस्यहरु मा मधुकर गुरुङ्ग, सगर काफ्ले, प्रेम बहादुर महरा, बिकाश कुमार झा, चोला कान्त कोइराला, गणेश खरेल ( एसीटि), प्रकाश अर्याल ( भिक्टोरिया ) प्रवेश पौडेल, जीबन शर्मा, पुरुषोत्तम अधिकारी, लोकेन बिष्ट र द्वारिका दवाडी रहेका छन्।

नयाँ कार्य समितिमा महासचिब पदका लागि निर्बाचन प्रक्रिया र अन्य पदहरु सर्बसम्मत चयन भएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका तर्फबाट महेन्द्र लम्सालले पद तथा गोपनियताको सपथ खुवाएका थिए।

सिड्नीको रक्डेल स्थित इन्द्रेणी फंक्सन सेन्टरमा सम्पन्न उक्त सपथ ग्रहण तथा घोषणा सभामा उपस्थिति अतिथि र प्रमुख अतिथिहरुले देश बाहिर रहेर नेपालको उज्जवल भविष्यको कामना गर्दै बिभिन्न किसिमले नेपाल प्रति देखाएको माया र सदभाबको मुक्त कण्ठले प्रसंसा गर्दै नयाँ कार्यसमितिको कार्यसफलताको कामना गरेका थिए। कार्यक्रममा एनएडीफको स्थापना काल देखिका पदाधिकारीहरु, एनआरएनए लगाएत अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थती रहेको थियो।

कार्यभार ग्रहण संगै द नेपाली टाईम्स अष्ट्रेलिया संगको छोटो कुराकानीमा नव निर्बाचित अध्यक्ष भिष्म भण्डारीले २४ बर्षको सक्रिय इतिहास रहेको र बिभिन्न समयमा नेपाल र अष्ट्रेलियाका सन्दर्भमा बैचारिक मन्थनको केन्द्र बिन्दुको रुपमा रहेर सामाजिक एबं परोपकारी संस्थाको रुपमा छुट्टै उचाइ बनाएको संस्थाको अध्यक्षमा निर्बाचित हुदै गर्दा गर्बको महशुस भएको बताए।  आफुलाई यो भूमिकामा उचित मानेर जिम्मेवारी दिने सबै प्रति धन्यवाद व्यक्त गर्दै भण्डारीले आफ्नो कार्यकालमा  एनएडिएफ अझ प्रभाबकारी बनाउने, समुदायको हितको लागि यहाँका अन्य संघ-संस्थाहरु संगै हातेमाले गर्दै अगाडी बढ्ने बताए।