एनआरएनएको १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने भएको छ । गैरआवासीय नेपाली संघको यूरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघको सो सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा आयोजना हुने भएको हो ।
सम्मेलनमा गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, सम्पतीको अधिकार, नेपालमा पर्यटन प्रर्वधन, संघको विधान लगायतका विषयमा छलफल हुने भट्टराईले जनाए ।
सम्मेलनको अवसर पारेर यूरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आ-आफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । विज्ञहरुलाई कार्यक्रममा सहभागि गराउन र कार्यक्रमको मोडालिटी तयार गर्न डा. नवराज रोसियाराको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिको सदस्यमा राजु अर्याल, चिरन्जीबी खड्का र डा. बोधराज पौडेल रहेका छन् । सम्मेलनमा युरोपस्थित करिब दुई दर्जन देशका तीन सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । सम्मेलनलाई सफल बनाउन संघका क्षेत्रीय संयोजकद्धय सन्तोष भट्टराई र चिन्तामणी सापकोटको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरिएको संघको समाचार संयोजक चिरन शर्माले जनाकारी दिए । समितिमा संघका यूरोपस्थित सबै पदाधिकारीहरु तथा केन्द्रीय सदस्यहरु, संघका राष्ट्रिय समितिका अध्यक्ष तथा महासचिवहरु रहेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोही बेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेलाको समेत आयोजना गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...