एनआरएनएको १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने भएको छ । गैरआवासीय नेपाली संघको यूरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघको सो सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा आयोजना हुने भएको हो ।
सम्मेलनमा गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, सम्पतीको अधिकार, नेपालमा पर्यटन प्रर्वधन, संघको विधान लगायतका विषयमा छलफल हुने भट्टराईले जनाए ।
सम्मेलनको अवसर पारेर यूरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आ-आफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । विज्ञहरुलाई कार्यक्रममा सहभागि गराउन र कार्यक्रमको मोडालिटी तयार गर्न डा. नवराज रोसियाराको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिको सदस्यमा राजु अर्याल, चिरन्जीबी खड्का र डा. बोधराज पौडेल रहेका छन् । सम्मेलनमा युरोपस्थित करिब दुई दर्जन देशका तीन सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । सम्मेलनलाई सफल बनाउन संघका क्षेत्रीय संयोजकद्धय सन्तोष भट्टराई र चिन्तामणी सापकोटको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरिएको संघको समाचार संयोजक चिरन शर्माले जनाकारी दिए । समितिमा संघका यूरोपस्थित सबै पदाधिकारीहरु तथा केन्द्रीय सदस्यहरु, संघका राष्ट्रिय समितिका अध्यक्ष तथा महासचिवहरु रहेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोही बेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेलाको समेत आयोजना गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...