नेपाललाई टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

काठमाडौं– अन्ततः नेपालले आफ्नो अन्तिम तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले हराउँदै पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला ३–२ ले जितेको छ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा अफ्रिकी भूमिमा नेपालले पहिलोपटक टी–२० श्रृंखला जितेको हो । यसअघि भएका चार खेलमा नेपाल र केन्याले समान दुई–दुई खेल जितेका थिए । केन्याको राजधानी नैरोबीमा मंगलबार भएको खेलमा नेपालले पहिले व्याटिङ गर्दै ७ विकेट गुमाएर १७५ रन बनाएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रन तथा रोहित पौडेलले ४७ रनको योगदान दिए । अनुभवी खेलाडी मल्लले ३ वर्षपछि अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गरेका थिए । नेपालका लागि अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । एक सय ७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको घरेलु टोली केन्या ७ विकेट गुमाएर एक सय ४४ रनमा समेटियो । नेपालका बलरहरुको बलिङ उत्कृष्ट रह्यो । कप्तान सन्दीप लामिछाने र बसिर अहमदले समान २–२ विकेट लिए । करण केसी, मोहमद आदिल अलाम र दीपेन्द्रसिंह ऐरीको नाममा एक–एक विकेट रह्यो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...