सांगीतिक जोडिलाई अमेरिकामा सम्मान

काठमाडौं— गायक तथा संगीतकार कन्हैया सिंह परियार तथा उनकी गायिका श्रीमती अञ्जना गुरुङ अमेरिकामा सम्मानित भएका छन् । न्यूयोर्कमा आयोजित एक समारोहमा उनीहरुलाई सांगीतिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
प्रवासी देशप्रेम साहित्य महोत्सव तथा बाल कलाकार कविनविक्रम शाहको ‘लभ यू मम्’ को म्युजिक भिडियो विमोचन समारोहमा कन्हैया तथा अञ्जनालाई सम्मान गरिएको हो । लामो समयदेखि नेपाली गीत–संगीतमा निरन्तर योगदान पुर्याए बापत यो सांगीतिक जोडी सम्मानित भएको हो । समारोहका प्रमुख अथिति न्युयोर्क नेपाली एम्बेसी एक्टिङ्ग कन्सुलर जनरल तथा साहित्यकार कृष्ण कुमार सुबेदीले उनीहरुलाई सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा साहित्यकार मोहन सिटौला, नारायण मैनाली, प्रविन भट्टराई, हरि बहादुर थापा (नाट्यकर्मी र साहित्यकार), कवि तथा लेखक डा. मधु कृष्ण श्रेष्ठ ‘माधुर्य’, गायक प्रकाश श्रेष्ठ, शालिग्राम शाह, प्रोफेसर अजय छ्होचककन,गायिका संगीता मुखिया, संगीतकार ओम कर्माचार्य आदि पनि सम्मानित भएका थिए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...