साफ च्याम्पियनशिपमा नेपाल दोस्रो

काठमाडौं- घरेलु मैदानमा नै आयोजना भएको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलअन्तरले पराजित भएपछि नेपाल उपविजेता बनेको हो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना भने चक्नाचुर भयो । करिब १६ हजार दर्शकको सहभागिता रहेको फाइनल खेलमा घरेलु दर्शकको साथ हुँदाहुँदै पनि दोस्रो स्थानमा रहन बाध्य बन्यो ।
साफ च्याम्पियनशिपको १२ वर्षे इतिहासमा भारतलाई पहिलो पटक पराजित गर्दै एतिहासिक सफलता हासिल गरेको नेपाल अन्ततः फाइनलमा बङ्गलादेशसँग पराजित भयो । बङ्गलादेशको जीतमा श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन भने सम्सुनाहारले एक गोल थपिन् । खेलको पहिलो हाफसम्म २–० को अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । मोसमत सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी साम्सुनाहारले बङ्गलादेशको लागि पहिलो गोल गर्दै खाता खोलिन् । उनी मैदान प्रवेश गरेको तीन मिनेटमा नै गोल गरेकी हुन् । उनले खेलको १३औँ मिनेट मोनिका चक्माको क्रस बललाई सदुपयोग गर्दै गोल गरिन् ।
खेलको ४१औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर बनायो । बङ्गलादेशकी खेलाडी श्रीमोतीले साम्सुनाहारले पेनाल्टी क्षेत्रअघि बल खोेसेपछि कप्तान सविना खातुनले कृष्णरानीलाई पास दिएकी थिइन् सोही पासलाई सदुपयोग गर्दै कृष्णरानीले गोल गरिन् । खेलको ७०औँ मिनेटमा नेपालकी खेलाडी अनिता बस्नेतले एक गोल फर्काइन् । उनले अमिशा कार्कीको पासमा गोल गर्दै खेललााई २–१ मा ल्याइन् । अनिताले गोल गरेको ६ मिनेट पनि बित्न नपाउँदै बङ्गलादेशकी कृष्णरानीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्गलादेशलाई ३–१ को जित दिलाइन् । मिडफिल्डमा नेपालले बल गुमाएपछि त्यसैको सदुपयोग गर्दै कृष्णरानीले गोल गरिन् । यस जितसँगै बङ्गलादेशलले महिला साफ च्याम्पियनशिपको ऐतिहासिक उपाधि हात पा¥यो । साफ च्याम्पियनशिपको पाँचौँ संस्करणसम्मको उपाधि भारतले जित्दै आएको थियो । नेपालले सेपिफाइनल खेलमा भारतलाई पराजित गरेपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो । खेलपछि बङ्गलादेशका प्रशिक्षक गोल्मु रोबिनी चोटानले आफ्ना खेलाडी शारीरिक र मानसिक रुपमा स्ट्रोङ भएकाले जित हात पार्न सहज भएको बताउनु भयो । सेमिफाइनल खेलमा नेपालले भारतलाई तथा बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थिए
सविना खातुन सर्वोत्कृष्ट खेलाडी
प्रतियोगितामा बङ्गलादेशकी कप्तान सविना खातुन उत्कृष्ट खेलाडी घोषित भइन् । उनले उच्च गोलकर्ताको उपाधि पनि हासिल गरिन् । यस प्रतियोगितामा उनले आठ गोल गरेकी थिइन् । त्यसैगरी उत्कृष्ट गोलकिपरको उपाधि पनि बङ्गलादेशकी खेलाडीले नै जितिन् । बङ्गलादेशकी रुप्ना चक्मा उत्कृष्ट गोलकिपर चुनिन् । त्यस्तै बङ्गलादेशले फेयर प्ले ट्रफीसमेत हात पा¥यो ।
ट्रफी नजितेपछि प्रशिक्षकले पद छाड्ने
महिला साफ च्याम्पियनशिपमा नेपाल दोस्रो बनेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले आफ्नो पद छाड्ने घोषणा गर्नुभएको छ । साफ च्याम्पियनसिपको फाइनल भिडन्तमा नेपाल बङ्गलादेशसँग ३–१ गोलअन्तरले पराजित भएपछि उहाँले उपाधि उचाल्ने नेपालको इच्छा पूरा गर्न नसकेको भन्दै आफ्नो पद त्याग्ने घोषणा गर्नुभएको हो । सफल नहुने मान्छले पदमा रहिरहनु हुँदैन र अरुलाई मौका दिनुपर्छ प्रशिक्षक थापाले भन्नुभयो । थापाले यसै प्रतियोगिताबाट जिम्मेवारी पाउनुभएको थियो । यसअघि सन् २०१६ मा जिम्मेवारी पाउँदा नेपाल सेमिफाइनलमा बाहिरिको थियो । त्यतिबेलाको खेलमा भारत बाधक बनेको थियो । यसैगरी राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपालाई जीत दिलाउन नसकेको भन्दै आम दर्शकसँग माफी मागेकी छिन् । हामीले राम्रो खेल खेलेको हौँ तर जीत हात पार्न सकेनौँ, उनले भनिन् कप्तान सुब्बाले नेपाली टोलीलाई अनुभवको कमी रहेकाले पनि बङ्गलादेशसँग हार बेहोर्नुपरेको बताइन् ।
राष्ट्रिय टोलीका तीन सदस्यको सन्यास घोषणा
यसै प्रतियोगिता समापनसँगै राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तरराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका छन् । सन्यास घोषणा गर्ने खेलाडीमा डिफेन्डर पुनम जर्घामगर छिन् भने मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई छन् । पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनशिपकाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमका लागि ३८ खेल खेलेकी छिन् । त्यसैगरी दीपा राइले पनि सन् २०१४ मा पाकिस्तानमै भएको साफ च्याम्पियनशिपबाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमबाट ३६ खेल खेलेकी छिन् । त्यस्तै इन्दिरा राईले भने सन् २०१८ बाट राष्ट्रिय टिममा प्रवेश गरेकी थिइन् । उनले चीनमा आयोजना भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल खेलेकी हुन् । उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बिदाइ गर्नुभयो । साफ च्याम्पियनशिपका विजेतालाई एन्फा अध्यक्ष नेम्बाङ र राखेपका सदस्य–सचिव घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



