मेलवर्नमा छठ पूजा मनाइदै
सम्पूर्ण तयारी पुरा

हिन्दू धर्ममा ठूलो महत्व बोकेको छठ पर्वको तयारी मेलवर्नमा पनि सुरु भएको छ। इतिहासमा नै पहिलो पटक अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले खरिद गरेको डिगर्स रेस्टमा अवस्थित १०० डण्कन्स लेन परिसरमा मधेशी कम्यूनिटि इन भिक्टोरीयाले छठ पर्व आयोजना गर्दैछ ।
मधेसी कम्यूनिटि इन भिक्टोरीयाको अध्यक्ष डा. सुरेन्द्र रौनियार भन्नु हुन्छ, ‘प्रवासमा बसोबास गर्दै गर्दा हामी आफ्नो कला र सँस्कृतीको प्रवर्द्धन र संरक्षण मात्र गरी रहेका छैनौ। यहाँ जन्मेर हुर्किदै गरेका मधेशी नेपाली मूलको भावी अष्ट्रेलियाली पुस्तालाई हाम्रो संस्कृति र परम्परालाई सफलता पूर्वक हस्तान्तरण गर्ने प्रयासमा लागि परेका छौं । र विभिन्न सांस्कृतिक समूहहरूमा आध्यात्मिक मूल्य फैलाउने र विविधताको मूल्यमा एक तह थप्दै अगाडी बढ्ने धारणा राख्नु भयो।
उहाँले बिदेशमा जन्मेका वा हुर्किएका दोश्रो पुस्तालाई यस्ता मौलीकता र मान्याता बोकेका चाड पर्वको बारे थाहा दिनु नितान्त आवश्यक रहेको भन्दै यो एक बिशेष समुदायमा मात्र सिमित नभएर यस्ता पर्वको महत्व र धार्मिक आस्थाको बारेमा अरु समुदायलाई चिनाउन पनि यस्ता पर्वले प्रमुख भूमिका खेल्ने बताउनु भयो।
अष्ट्रेलियन नेप्लिज बहुसाँस्कृतिक समिति, न्याभ र एएनपीलको समर्थन रहेको छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन भिक्टोरीयन मल्चिकल्चरल कमिसनबाट समेत सहयोग प्राप्त भएको छ। दुई चरणमा ३० अक्टुबर आइतबार दिउँसो ३ देखी ८:३० बजे सम्म अस्ताउँदो सूर्यलाई पूजा गरेर भोलिपल्ट ३१ अक्टुबर सोमबार बिहान ५:३० बजे देखि ८:३० बजे सम्म उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्दै छठ पर्व मनाउने तयारीमा एमसिभी जुटेको छ।
पूजा समारोहमा उपस्थती भइ प्रसाद ग्रहणका लागि मधेसी कम्यूनिटि इन भिक्टोरीयाले सबैमा हार्दिक अनुरोध गरेको छ ।

सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...