निष्पक्ष निर्वाचन हुने राष्ट्रपतिको विश्वास

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरुसँगको भेटवार्ताका क्रममा निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी राख्ने छैन भनी विश्वास व्यक्त गर्नुभयो ।
उहाँले निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कार्यहरुबारे जानकारी गराउनुभयो ।
उक्त अवसरमा आयोगका आयुक्तहरु रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेलसमेतको सहभागिता रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



