प्रधानमन्त्री देउवा सातौँपटक विजयी, देउवासंग डडेल्धुरा र देशवासीका अपेक्षा
डडेल्धुरा– डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो । कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली कांग्रेस ९विपी०का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।
देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लाग्नुभएका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुनुहुन्छ । विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । देउवा २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट विजयी हुनुभएको थियो । यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।
सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना बजारका लागि व्यवस्थापन, व्यवस्थित सहरीकरण योजना, ग्रामीण सडकको कालोपत्र र स्तरोन्नति, सिँचाइ र खानेपानीमा सबैको पहुँचका साथै गुणस्तरीय शिक्षा र बेरोजगारी तथा उद्योग, कलकारखाना निर्माणका लागि आशा गरेका छन् ।
साथै पर्यटकीय हबका लागि परशुराम, उग्रतारा, कोलासमैजी, गन्याप, भागेश्वर, डागेश्वरीसम्म धार्मिक पर्यटक भित्र्याउनका लागि होमस्टे निर्माण गरी धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने, आत्मनिर्भरताका लागि आधुनिक शिक्षा स्वास्थ्यको पहल गरी विकास गर्नुपर्नेमा उनीहरुको जोड छ । डडेल्धुराबाट सातौँ पटक निरन्तरका चुनाव जित्दै आएका देउवाले अब् युग सुहाउँदो विकासका लागि पहल गर्नुपर्ने अजयमेरु– १ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताउनुभयो । वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोक्नका लागि उद्यमशीलतालाई जोड दिनुपर्ने र आधुनिक कृषिखेतीमा किसानलाई सहुलियत एवं अनुदानमा उहाँको जोड छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौँ पटक बाह्र हजार चारसय ९२ मतान्तरले जित हासिल गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार कूल ५१ हजार दुई सय तीन मतमा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मतमात्र प्राप्त गर्नुभएको थियो । अर्का उम्मेदवार नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत ल्याउनुभयो । उहाँलाई नेकपा (एमाले) ले समेत समर्थन गरेको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । हुनत यो अहिले नै भन्नु हतार हुनसक्छ तर पनि यो परिणाम हेर्दा कुनै एउटै पार्टीले स्पष्ट बहुमत हासिल गरेर सरकार निर्माण गर्नसक्नेजस्तो अवस्था देखिँदैन । कांग्रेस सभापति देउवा देशका वामपन्थीदेखि सबै राजनीतिक शक्तिलाई एकताबद्ध गरी उनीहरुसँग राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नसक्ने क्षमता राख्नुहुन्छ । अब यो निर्वाचनपछि पनि देशमा यस्तै प्रकारको सहमति निर्माण र कायम गरी अघि बढ्नसक्ने वातावरण उहाँबाट निर्माण हुने अपेक्षा नेपाली जनताले गरेका छन् । त्यसैले उता डडेल्धुराका आफ्ना मतदाताहरुका अपेक्षासँगै यता देशवासीले गरेको यो आशा र अपेक्षा पनि उहाँले मनन गर्नुपर्ने देखिन्छ ।
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...