युनाइटेड फ्रेन्डली कप टेनिस प्रतियोगिता हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर ८, २०७९
साउथ वेस्ट टेनिस कल्बको आयोजना र सिएस मोर्टगेजको टाइटल स्पोन्सरमा नेप्लिज नर्थ वेस्ट टेनिस कल्ब र साउथ वेस्ट टेनिस कल्बको बिच आउँदो आइतबार २७ नोभेम्बरका दिन एक संयुक्त मित्रबत टेनिस प्रतियोगिता आयोजना हुदैछ। प्रतियोगितामा नर्थ वेस्ट टेनिस कल्ब छनोट भएका ८ र साउथ वेस्ट टेनिस कल्ब प्रतियोगिहरु बीच सम्पन्न हुनेछ । यी खेलहरु मा ८ सिंगल र ३ डबल खेल हरु हुने कार्यक्रमका संयोजक सन्तोष भट्टराईले जनाएका छन् । भट्टराईका अनुसार यी ११ खेलहरु बाट ६ वटा खेलमा बिजयी हुने प्रतियोगीतीले पुरुस्कार स्वरुप खेलको ट्रफी जित्नेछन् ।
प्रत्येक ६ महिनामा आयोजना हुदै आएको टेनिस प्रतियोगिताको विन्टर सेसन गत अप्रिलमा सम्पन्न भएको थियो, नेप्लिज नर्थ वेस्ट टेनिस कल्बको आयोजना भएको उक्त प्रतियोगितामा नर्थ वेस्ट टेनिस कल्बले ११ मध्ये ६  खेलमा जित हासिल गरेको थियो । टेनिस खेल प्रति रुचि राख्ने सबै र त्यसमा पनि दोश्रो पुस्ताका प्रतिभाहरु लाई प्रोत्साहन गर्ने यी प्रतियोगिताको उदेश्य रहेको बताउदै निम्न मिति र स्थानमा हुने अबको खेलमा सहभागी भइ खेलाडीहरु को उत्साहा बढाईदुनु हुन आयोजकले सबैमा अनुरोध गरेको छ।
मिति: आइतबार २७ नोभेम्बर २०२२
समय: दिउसो ३ बजे देखि साँझ ८ बजे सम्म
स्थान: वेस्ट्स टेनिस कल्ब  16 Old Leumeah Road, Leumeah NSW 2560