जिन्दगीको गोरेटोमा सार्वजनिक

काठमाडौं-गायिका जितु लामा (लोप्चन) को गीति एल्बम ‘जिन्दगीको गोरेटोमा’ बुधबार सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहमा वरिष्ठ सङ्गीतकार तथा नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका अध्यक्ष शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा एल्बम सार्वजनिक भएको हो । जिन्दगीको गोरेटो, डिम्पल पर्ने गाला, छोडी गयौ, अल्लारे उमेर, धोकेबाज, अजम्बरी चोखो नाता, फापरे बारीमा, हाासी हाासी र हिजो राती सपनीमा गरि ९ गीत समावेस गरिएको एल्बमलाई युथ क्रिएशनले बजारमा ल्याएको हो । मीन बि. लामा, मीनसागर लामा, राम एस तामाङको शब्दमा सजिएका गीतहरुमा नरहरि प्रेमी, सन्तोष प्रगाढ र चन्द्रकुमार दोङले संगीत भरेका छन् । कार्यक्रममा एल्बमका बारेमा र नेपाली गीत संगीतका बारेमा शम्भुजित बासकोटा र नरहरि प्रेमीले बोलेका थिए । गायिका जितु लामाले आफ्नो जन्मदिनको अवसर पारेर यो एल्बम दर्शक/स्रोतामाझ ल्याएकी हुन् । उक्त अवसरमा आफूले लामो समयको प्रयासबाट ‘जिन्दगीको गोरेटोमा’ ल्याउन सफल भएका बताइन् । युथ क्रिएशनका अध्यक्ष रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए । कार्यक्रममा एल्बममा समावेस भएको एउटा गीतको भिडियो पनि देखाइएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...