जिन्दगीको गोरेटोमा सार्वजनिक

काठमाडौं-गायिका जितु लामा (लोप्चन) को गीति एल्बम ‘जिन्दगीको गोरेटोमा’ बुधबार सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहमा वरिष्ठ सङ्गीतकार तथा नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका अध्यक्ष शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा एल्बम सार्वजनिक भएको हो । जिन्दगीको गोरेटो, डिम्पल पर्ने गाला, छोडी गयौ, अल्लारे उमेर, धोकेबाज, अजम्बरी चोखो नाता, फापरे बारीमा, हाासी हाासी र हिजो राती सपनीमा गरि ९ गीत समावेस गरिएको एल्बमलाई युथ क्रिएशनले बजारमा ल्याएको हो । मीन बि. लामा, मीनसागर लामा, राम एस तामाङको शब्दमा सजिएका गीतहरुमा नरहरि प्रेमी, सन्तोष प्रगाढ र चन्द्रकुमार दोङले संगीत भरेका छन् । कार्यक्रममा एल्बमका बारेमा र नेपाली गीत संगीतका बारेमा शम्भुजित बासकोटा र नरहरि प्रेमीले बोलेका थिए । गायिका जितु लामाले आफ्नो जन्मदिनको अवसर पारेर यो एल्बम दर्शक/स्रोतामाझ ल्याएकी हुन् । उक्त अवसरमा आफूले लामो समयको प्रयासबाट ‘जिन्दगीको गोरेटोमा’ ल्याउन सफल भएका बताइन् । युथ क्रिएशनका अध्यक्ष रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए । कार्यक्रममा एल्बममा समावेस भएको एउटा गीतको भिडियो पनि देखाइएको थियो ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...