एनआरएनएद्वारा पशुपति वृद्धाश्रममा न्यानो कपडा वितरण

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ । गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा.बद्री केसीद्वारा समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहनु भएका वृद्धहरुलाई विहिवार न्यानो कपडा वितरण गरिएको हो । र्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.बद्री केसीले नेपालमा संघ परोपकारी कामले गर्दा नै प्रख्यात रहेको र संघले आफ्नो स्थापना कल देखि नै पशुपति क्षेत्रमा काम गर्दै आएको बताए ।

संघका उपाध्यक्ष आरके शर्माले आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण संघको परोपकारी परियोजनाको छातामुनी आयोजना गरिएको हो । अध्यक्ष केसीले संघले पशुपति क्षेत्रमा एक सुबिधा सम्पन्न सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणको लागि प्रयत्नशिल रहेको र जग्गा प्राप्त हुनासाथ निमार्ण अगाडी बढाइने जानकारी दिए । कार्यक्रममा ९४ जना वृद्ध आमाबुबाहरु र १४ कर्मचरीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रममा समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डेले स्वागत मन्तव्य दिदै एनआरएनएले गरेको परोपकारी कार्यप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा संघका युवा संयोजक अब्दुल बसिद, समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रमका प्रमुख ओम प्रसाद पाण्डे र पिजन ईन्जीनियरिंगका नेपालका निर्देशक रामकृष्ण चौलागाई लगायत पत्रकार तथा आश्रमका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।