एनआरएनएको स्वास्थ्य शिविर सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

झापा– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनमा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । समितिका अध्यक्ष डा.संजिव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित उक्त शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा मृगौला, मधुमेह, हृदय रोग र उच्च रक्तचाप सम्बन्धी रोगका विरामीहरु सहभागी थिए । शिविरमा तीस भन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सञ्जीव शर्माले स्वास्थ्य शिविरमा नआउने व्यक्तिको मुटुमा भएको रोग पत्ता लगाउन मद्दत गर्ने इको कार्डियोग्राफी गराएका थिए । साथै बीपीकेआईएचएस र चितवन मेडिकल कलेजसँग सम्बन्धित धेरै डाक्टरहरुले चिकित्सा सम्बन्धी विषयमा परामर्श प्रदान गरे ।

स्वास्थ्य शिविरमा एनआरएनए स्वास्थ्य समितिका डा.सागर पौडेल र डा.सञ्जीव सापकोटाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको गतसाता सम्पन्न बैठकले झापा, मोरङ, सुनसरी र गाईघाटमा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो ।