एनआरएनएको स्वास्थ्य शिविर सम्पन्न

झापा– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनमा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । समितिका अध्यक्ष डा.संजिव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित उक्त शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा मृगौला, मधुमेह, हृदय रोग र उच्च रक्तचाप सम्बन्धी रोगका विरामीहरु सहभागी थिए । शिविरमा तीस भन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सञ्जीव शर्माले स्वास्थ्य शिविरमा नआउने व्यक्तिको मुटुमा भएको रोग पत्ता लगाउन मद्दत गर्ने इको कार्डियोग्राफी गराएका थिए । साथै बीपीकेआईएचएस र चितवन मेडिकल कलेजसँग सम्बन्धित धेरै डाक्टरहरुले चिकित्सा सम्बन्धी विषयमा परामर्श प्रदान गरे ।
स्वास्थ्य शिविरमा एनआरएनए स्वास्थ्य समितिका डा.सागर पौडेल र डा.सञ्जीव सापकोटाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको गतसाता सम्पन्न बैठकले झापा, मोरङ, सुनसरी र गाईघाटमा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...