अस्ट्रेलियामा बन्यो नेपाली फिल्म ‘मिसिङ’

ब्रिस्बेन– अस्ट्रेलियाको ब्रिस्बेनस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत एक जना कर्मचारी अचानक गायव हुन्छन् । ती कर्मचारी किन हराए ? खोजीमा के कस्ता प्रयास गरिएका छन् ? यीनै विषयवस्तुलाई आधार बनाएर अष्ट्रेलियाको ब्रिस्बेनमा एउटा नेपाली फिल्म नै निर्माण गरिएको छ । ‘मिसिङ’ शीर्षकको उक्त फिल्ममा हराएका कर्मचारी खोज्ने उतारचढावलाई थ्रिलिङ शैलीमा देखाउने प्रयास गरिएको छ । यो फिल्मको ट्रेलर यूटयुबमार्फत सार्वजनिक भएको छ । गत जनवरीमा ब्रिस्बेन र गोलकोष्ट क्षेत्रमा यो फिल्मको सुटिङ गरिएको हो । अहिले यो फिल्म पोस्ट प्रोडक्सनमा छ । ९० मिनेट लामो यो फिल्मलाई सचिन थापा फिल्म्सले निमार्ण गरेको हो ।
सचिन थापाको कथा तथा निर्देशनमा बनेको यो फिल्मको निर्मातामा हीमा लामा थिङ तथा सचिन थापा रहेका छन् । किरण माइकल यो फिल्मका लेखक हुन् । यो फिल्ममा सचिन थापा, देव नेपाली, मिलन मिश्र, दिनेश कार्की, तारा बम्जन, बबिता खत्री र पेमा थिलेङ तामाङले अभिनय गरेका छन् ।
कृष्ण सुबेदी यो फिल्मका छायांकार हुन् । आफ्नो करियरको पहिलो फिल्म भएकाले आफू निकै उत्साहित भएको निर्माता थापाको भनाइ छ ।
सन् २०१२ तिर नेपालमा प्लस टु पढ्दा हरर स्टोरी लेखेर फिल्म बनाउन लागे पनि सफल नभएको थापाको अनुभव छ । त्यसपछि अष्ट्रेलिया आएर पढाई र पिआरको टुंगो लागेपछि आफ्नो युवा अवस्थाको धोको पुरा गर्न फिल्म निमार्ण गरेको उनको भनाइ छ । श्रीमतीले उत्साह दिएपछि फिल्म निमार्णमा आएको र अब करियर नै यसैलाई बनाउने समेत उनले बताए । सन् २०२३ को मार्च अन्तिम सातादेखि अष्ट्रेलियाका विभिन्न शहरमा यो फिल्म प्रर्दशनमा आउने छ । नेपालका मल्टिप्लेक्समा समेत यो फिल्म प्रदर्शन गर्ने निमार्ण पक्षले तयारी गरेको छ । यो फिल्मको निर्माणमा ५० हजार डलर बढी खर्च गरेको दावी गरेका छन् । क्राईम मिस्ट्री विधामा आधारित यो फिल्म ब्रिस्बेनस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयमा हराएको व्यक्तिको वरिपरि घुमेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



